तिनले मलाई सोधे, “ए मानिसको छोरो, के तँ यो देख्दैछस्?” तब तिनले मलाई फेरि त्यस नदीको किनारमा लगे। जब म त्यहाँ आइपुगें, तब मैले नदीका दुवैतिर धेरै रूखहरू देखें। तिनले मलाई भने, “यो पानी पूर्वको इलाकातिर बग्छ, र त्यहाँदेखि तल अराबामा जान्छ, जहाँ त्यो खारा समुद्रमा पस्छ। जब त्यो खारा समुद्रमा रित्तिन्छ, तब त्यहाँको पानी ताजा बनिन्छ। त्यो नदी बगेको ठाउँमा थुप्रै जीवित प्राणीहरू बस्नेछन्। त्यहाँ अनगन्ती माछा हुनेछन्, किनभने त्यो पानी त्यहाँ बग्छ र नुनिलो पानीलाई ताजा बनाइदिन्छ। यसैले जहाँ त्यो नदी बग्छ, त्यहाँ जेसुकै पनि बाँच्नेछ। त्यसका किनारै किनार जालहारीहरू उभिनेछन्। एन-गदीदेखि एन-एग्लैमसम्म जालहरू फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ किसिम-किसिमका माछाहरू हुनेछन्— महासमुद्रका माछाहरूजस्तै। तर त्यसका सिमसार र दलदले ठाउँहरूका पानी त ताजा हुनेछैनन् तर ती नुनिला नै रहनेछन्। नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्। तिनीहरूका पात ओइलाउनेछैनन्। तिनीहरूका फलहरू कहिल्यै शेष हुनेछैनन्। तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्थानदेखि तिनीहरूमा पानी बग्छ। तिनीहरूका फल खानाको निम्ति र तिनीहरूका पातचाहिँ आरोग्यको लागि हुनेछन्।”
इजकिएल 47 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 47
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 47:6-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू