YouVersion लोगो
खोज आइकन

इजकिएल 47:6-12

इजकिएल 47:6-12 सरल नेपाली

तिनले मलाई भने, “ए मरणशील मानिस, यी सबै राम्ररी हेरिराख्।” त्‍यसपछि ती मानिसले मलाई फर्काएर फेरि नदीको किनारमा पुर्‍याए। त्‍यहाँ पुगेर नदीका दुवै किनारमा मैले अति धेरै रूखहरू देखें। तिनले मलाई भने, “यो खोला देशको पूर्वपट्टि यर्दनको बेसीसम्‍म र त्‍यसपछि मृत-सागरसम्‍म बगेर जान्‍छ अनि त्‍यहाँ पुगेर समुद्रको नुनिलो पानीलाई सफा बनाउँछ। खोला जहाँ-जहाँ बगेर पुग्‍दछ, त्‍यहाँ हरेक किसिमका जीवित प्राणी र माछाहरू जिउनेछन्। त्‍यस खोलाले मृत-सागरसम्‍मको पानी सफा पार्नेछ र जहाँ-जहाँ त्‍यो बहनेछ, त्‍यहाँ हरेक चीज बाँच्‍नेछ। एन-गदीका धाराहरूदेखि एन-एग्‍लैमका धाराहरूसम्‍म समुद्रको किनारमा जलाहारीहरू हुनेछन् र त्‍यहाँ तिनीहरूले जालहरू फिंजाएर सुकाउनेछन्। भूमध्‍य सागरमा झैँ त्‍यहाँ पनि थरी-थरीका माछाहरू हुनेछन्। तर समुद्र किनारका दह र सिमसारहरूका पानी भने सफा पारिनेछैनन्। त्‍यहाँबाट नुन बटुलिनेछ। नदीका दुवै किनारमा सबै प्रकारका रूखहरू उम्री फल दिनेछन्। तिनीहरूका पातहरू कहिल्‍यै ओइलाउनेछैनन् र फल बाह्रै मास फलिरहनेछन्। हरेक महिना तिनीहरूमा नयाँ-नयाँ फल लाग्‍नेछ किनभने तिनीहरूलाई मन्‍दिरबाट बगिआउने खोलाको पानीले भिजाउनेछ। ती रूखहरूले खानको निम्‍ति फल दिनेछन् र तिनका पातहरूले मानिसहरूको रोग निको पार्नेछन्।”

इजकिएल 47 पढ्नुहोस्