प्रस्थान 17:14-16
प्रस्थान 17:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख्, र त्यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।” मोशाले त्यहाँ एउटा वेदी बनाएर त्यसको नाउँ “परमप्रभु मेरो झन्डा” राखे। अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्तौँ-पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”
प्रस्थान 17:14-16 पवित्र बाइबल (NERV)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।” तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।” मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैँ गर्नु हुन्छ।”
प्रस्थान 17:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “यस विजयको बारेमा एउटा बयान लेखिराख् र त्यसको सम्झना रहिरहोस्। यहोशूलाई भन् कि म अमालेकीहरूको पूरा नाश पार्नेछु।” मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाम परमप्रभु मेरा झन्डा राखे। उनले भने, “परमप्रभुको झन्डा उच्च राख। परमप्रभुले सदासर्वदा अमालेकीहरूका विरुद्धमा युद्ध गर्नुहुनेछ!”