एफिसी 6:16-19
एफिसी 6:16-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो। मेरो निम्ति पनि प्रार्थना गर, कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्य घोषणा गर्न सकूँ
एफिसी 6:16-19 नेपाली समकालीन संस्करण (NCV)
यी सबै कुराबाहेक विश्वासको ढाल हातमा उठाओ, जसद्वारा तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो। अनि सब अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्विन्तीसहित आत्मामा प्रार्थना गर। यी कुरालाई सम्झदै मनमा सचेत भएर प्रभुका सबै सन्तहरूका निम्ति सधैं प्रार्थना गर। मेरो निम्ति पनि प्रार्थना गर, जब म बोल्छु, सुसमाचारको रहस्य निर्धक्कसँग भन्नलाई मलाई शब्दहरू दिइयोस्
एफिसी 6:16-19 पवित्र बाइबल (NERV)
अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो। सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर। मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसँग भन्नु सकुँ।
एफिसी 6:16-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
विश्वासचाहिँ आफ्नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्यसपछि दुष्टका अग्निवाणहरू निभाउन सक्नेछौ। शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्माले दिनुभएको परमेश्वरको शिक्षारूपी तरवार भिरिराख। सधैँ प्रार्थना गर, परमेश्वरको सहायता मागिबस। सबै समय पवित्र आत्माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्टका पवित्र जनहरूका लागि प्रार्थना गर। मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्न लाग्दा परमेश्वरले मलाई वचन देऊन्, मलाई बोल्ने साहस मिलोस् अनि म सुसमाचारको रहस्य अरूलाई बुझाउन सकूँ।