YouVersion लोगो
खोज आइकन

उपदेशक 3:1-6

उपदेशक 3:1-6 पवित्र बाइबल (NERV)

प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ। जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ। त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय छ, भत्काउने एउटा समय छ, बनाउने एउटा समय। कराउने र रूने एउटा समय हुन्छ, अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ, र नाच्ने र गाउने एउटा समय हुन्छ। एक समय हुन्छ ढुङ्गा फ्याँक्ने, एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ, त्यसै छोडिदिने एउटा समय हुन्छ। कुनै चीज खोज्ने एक समय हुन्छ, हराओस् भन्ने एकसमय हुन्छ, कतै फालि दिने एक समय हुन्छ, र राख्ने एक समय हुन्छ।

शेयर गर्नुहोस्
उपदेशक 3 पढ्नुहोस्