YouVersion लोगो
खोज आइकन

व्यवस्था 6:4-14

व्यवस्था 6:4-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ। तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्‍नो मनमा राख। ती तिमीहरूले आफ्‍ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍केर सुत्‍दा र उठ्‌दा तिनको चर्चा गर। ती आफ्‍ना हातमा चिन्‍हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। ती आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख। जब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्‍याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा, जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्‌— जब तिमीहरूले खाएर अघाउनेछौ, तब होशियार गर, र तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनु हुने परमेश्‍वरलाई नभुल्‍नू। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरकै डर मान्‍नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू। तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्‍नू

शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्

व्यवस्था 6:4-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्‍वर, एक मात्र याहवेह हुनुहुन्छ। याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख। यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर। यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख। यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख। जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्‍न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ, तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्‍त हुनेछौ, तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू। याहवेह तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू। तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू

शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्

व्यवस्था 6:4-14 पवित्र बाइबल (NERV)

“हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ। आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख। जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिँड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं। मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख। “परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन। परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ। “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो। परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ। तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन।

शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्

व्यवस्था 6:4-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“हे इस्राएलीहरू हो, यो याद गर! परमप्रभु मात्र हाम्रा परमेश्‍वर हुनुहुन्‍छ। परमप्रभु आफ्‍नो परमेश्‍वरलाई आफ्‍ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू कहिल्‍यै नभुल। ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। तिमीहरू घरमा छँदा वा बाहिर टाढा जाँदा, बस्‍दा वा काम गर्दा तिनको घरीघरी चर्चा गर। तिनलाई आफ्‍ना पाखुरामा बाँध। सम्‍झनाको लागि तिनलाई आफ्‍ना निधारमा लगाओ। तिनलाई आफ्‍ना घरका ढोकाका चौकोसमा र मूल-ढोकाहरूमा लेख। “तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबलाई परमप्रभु तिम्रा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार, तिमीहरू आफैंले नबनाएका ठूला-ठूला र धनाढ्य सहरहरू उहाँले तिमीहरूलाई दिनुहुनेछ। घरहरू असल कुराहरूले भरिएका हुन्‍छन्, जुन तिमीहरूले राखेका होइनौ। त्‍यहाँ इनारहरू हुनेछन्, जो तिमीहरूले खनेका होइनौ अनि दाखबारी र जैतुनका बगैँचाहरू, जो तिमीहरूले रोपेका होइनौ। जब परमप्रभुले तिमीहरूलाई यस देशमा ल्‍याउनुहुन्‍छ, तब तिमीहरूको निम्‍ति प्रशस्‍त खानेकुरा हुनेछन्। मिश्रदेशमा तिमीहरू कमारा-कमारी थियौ। त्‍यहाँबाट तिमीहरूलाई बचाई ल्‍याउनुहुने परमप्रभुलाई भुल्‍नेछैनौ भन्‍ने पक्‍का सङ्कल्‍प गर। परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मान, उहाँलाई मात्र पूज र उहाँको नाममा मात्रै आफ्‍नो प्रतिज्ञा गर। अरू कुनै ईश्‍वर तथा तिम्रा चारैपट्टि भएका जातिका देवताहरूलाई नपूज।

शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्

व्यवस्था 6:4-14

व्यवस्था 6:4-14 NNRVव्यवस्था 6:4-14 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्