YouVersion लोगो
खोज आइकन

व्यवस्था 6:4-14

व्यवस्था 6:4-14 NCV

हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्‍वर, एक मात्र याहवेह हुनुहुन्छ। याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख। यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर। यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख। यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख। जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्‍न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ, तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्‍त हुनेछौ, तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू। याहवेह तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू। तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू

व्यवस्था 6 पढ्नुहोस्