व्यवस्था 6
6
महान् आज्ञा
1“परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई सिकाउन भनी मलाई आज्ञा गर्नुभएका सबै नियमहरू यी नै हुन्। जुन देशमा पसी त्यसलाई आफ्नो अधीन गर्नेछौ, त्यहाँ तिनको पालन गर्नू। 2तिमीहरूको प्राण रहुञ्जेलसम्म तिमीहरूले र तिम्रा सन्तानले परमप्रभु आफ्ना परमेश्वरको आदर गर्नू र मैले तिमीहरूलाई दिँदैगरेका नियमहरू पालना गर्नू। त्यसो भए तिमीहरू त्यस देशमा धेरै दिनसम्म जिउन सक्नेछौ। 3हे इस्राएलका मानिसहरू हो! ती नियमहरू सुन र मान। तब सबै कुरामा तिमीहरूको भलो हुनेछ र तिमीहरू एउटा प्रतापी जाति बन्नेछौ। परमप्रभु हाम्रा पुर्खाका परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरू त्यस असल र मलिलो देशमा बास गर्नेछौ।
4 #
मर्कूस 12:29
“हे इस्राएलीहरू हो, यो याद गर! परमप्रभु मात्र हाम्रा परमेश्वर हुनुहुन्छ। 5#मत्ती 22:37; मर्कूस 12:30; लूका 10:27परमप्रभु आफ्नो परमेश्वरलाई आफ्ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर। 6#व्यवस्था 11:18-20आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू कहिल्यै नभुल। 7ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। तिमीहरू घरमा छँदा वा बाहिर टाढा जाँदा, बस्दा वा काम गर्दा तिनको घरीघरी चर्चा गर। 8तिनलाई आफ्ना पाखुरामा बाँध। सम्झनाको लागि तिनलाई आफ्ना निधारमा लगाओ। 9तिनलाई आफ्ना घरका ढोकाका चौकोसमा र मूल-ढोकाहरूमा लेख।
अनाज्ञाकारी विरुद्ध चेतावनी
10 #
उत्पत्ति 12:7;
उत्पत्ति 26:3;
उत्पत्ति 28:13
“तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबलाई परमप्रभु तिम्रा परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार, तिमीहरू आफैंले नबनाएका ठूला-ठूला र धनाढ्य सहरहरू उहाँले तिमीहरूलाई दिनुहुनेछ। 11घरहरू असल कुराहरूले भरिएका हुन्छन्, जुन तिमीहरूले राखेका होइनौ। त्यहाँ इनारहरू हुनेछन्, जो तिमीहरूले खनेका होइनौ अनि दाखबारी र जैतुनका बगैँचाहरू, जो तिमीहरूले रोपेका होइनौ। जब परमप्रभुले तिमीहरूलाई यस देशमा ल्याउनुहुन्छ, तब तिमीहरूको निम्ति प्रशस्त खानेकुरा हुनेछन्। 12मिश्रदेशमा तिमीहरू कमारा-कमारी थियौ। त्यहाँबाट तिमीहरूलाई बचाई ल्याउनुहुने परमप्रभुलाई भुल्नेछैनौ भन्ने पक्का सङ्कल्प गर। 13#मत्ती 4:10; लूका 4:8परमप्रभु आफ्ना परमेश्वरको भय मान, उहाँलाई मात्र पूज र उहाँको नाममा मात्रै आफ्नो प्रतिज्ञा गर। 14अरू कुनै ईश्वर तथा तिम्रा चारैपट्टि भएका जातिका देवताहरूलाई नपूज। 15यदि तिमीहरूले अरू देवताहरूलाई पुज्यौ भने परमप्रभुको क्रोध आगोजस्तो तिमीहरूमाथि पर्नेछ किनभने तिमीहरूसँग बास गर्नुहुने तिम्रा परमप्रभु परमेश्वरले कुनै पनि विरोधीहरूलाई सहनुहुन्न।
16 #
मत्ती 4:7; लूका 4:12;
प्रस्थान 17:1-7
“तिमीहरूले मस्साहमा गरेझैँ परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू। 17उहाँले दिनुभएका सबै नियमहरू पालन गर्ने निश्चय गर। 18जे कुरा ठीक र भलो भनी परमप्रभुले भन्नुहुन्छ, त्यही गर र सबै कुरामा तिमीहरूको भलो हुनेछ। परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको मलिलो देश तिमीहरूले आफ्ना अधिकारमा लिनेछौ। 19अनि उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आफ्ना शत्रुहरूलाई धपाउनेछौ।
20“भविष्यका दिनहरूमा तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन परमप्रभु हाम्रा परमेश्वरले यी सबै नियमहरू मान्ने आज्ञा हामीलाई दिनुभयो?’ 21तब तिनीहरूलाई यसो भन, ‘हामी मिश्रदेशको राजाका कमारा-कमारीहरू थियौं, परमप्रभुले आफ्नो महान् शक्तिले हामीलाई बचाइल्याउनुभयो। 22उहाँले गर्नुभएका उदेकका कामहरू अनि मिश्रीहरू र तिनका राजा र भारदारहरूप्रति गर्नुभएका डरलाग्दा कामहरू हामीले आफ्नै आँखाले देख्यौं। 23यो देश दिनलाई उहाँले मिश्रदेशबाट हामीलाई छुट्कारा दिएर ल्याउनुभयो। यस्तो प्रतिज्ञा उहाँले हाम्रा पुर्खालाई दिनुभएको थियो। 24त्यसपछि परमप्रभु हाम्रा परमेश्वरले यी सबै नियमहरू पालन गर्नू र उहाँको डर मान्नू भनी आज्ञा हामीलाई दिनुभयो। हामीले त्यसो गर्यौं भने उहाँले सधैँ हाम्रो रखवाली गर्नुहुनेछ र हाम्रा जातिलाई सबै कुरामा उन्नति हुनेछ। 25हामी विश्वासी भई उहाँले आज्ञा गर्नुभएका सबै कुरा मान्यौं भने उहाँ हामीसित खुसी हुनुहुनेछ’।”
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 6: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.