दानिएल 9:17-18
दानिएल 9:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अब हे हाम्रा परमेश्वर, आफ्नो दासको प्रार्थना र अन्तर्बिन्ती सुन्नुहोस्। हे परमप्रभु, तपाईंको आफ्नै खातिर आफ्नो उजाड़ पारिएको पवित्रस्थानमाथि कृपा-दृष्टि राखिदिनुहोस्। हे परमेश्वर, आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस् र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्था हेर्नुहोस्। हामी धर्मी छौं भनेर यो बिन्ती गरेका छैनौं, तर तपाईंको महान् कृपाको कारणले।
दानिएल 9:17-18 पवित्र बाइबल (NERV)
“अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्। मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं।
दानिएल 9:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर, मेरो प्रार्थना र अन्तरबिन्ती सुन्नुहोस्। ध्वस्त भएको मन्दिरलाई तपाईंको आफ्नो नाउँको खातिर फेरि बनाउनुहोस् र तपाईं नै परमेश्वर हुनुहुन्छ भनी सबैले थाहा पाउनेछन्। हे परमेश्वर, हामीतिर आफ्ना कान थाप्नुहोस् र हामीलाई हेर्नुहोस् र हामीमाथि परेका कष्ट र तपाईंको नाममा बनेको सहरको दु:ख-कष्ट बुझिदिनुहोस्। हामीले असल काम गरेको कारणले होइन; तर तपाईं कृपालु हुनुहुन्छ र हामी तपाईंलाई प्रार्थना गर्दछौं।