YouVersion लोगो
खोज आइकन

दानिएल 1:8-15

दानिएल 1:8-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे। अनि परमेश्‍वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्‍याउनुभयो, तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्‍बन्‍धमा मलाई खटाउनुहुने मेरा स्‍वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्‍दा तिमीहरू उहाँको सामु किन कमसल अवस्‍थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।” त्‍यसपछि दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने, “कृपया, तपाईंका दासहरूलाई दश दिनसम्‍म जाँच्‍नुहोस्‌। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्‌। त्‍यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्‍नुहोस्‌ र तपाईंले देख्‍नुभएअनुसार आफ्‍ना दासहरूसँग व्‍यवहार गर्नुहोस्‌।” यसकारण उनले यो कुरा मन्‍जूर गरे र दश दिनसम्‍म तिनीहरूको जाँच गरे। दश दिनपछि राजकीय खाना खाएका ती अन्‍य जवानहरूभन्‍दा तिनीहरू स्‍वस्‍थ र पुष्‍ट देखिए।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्

दानिएल 1:8-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे। परमेश्‍वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो; तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।” तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने, “बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।” यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे। दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्‍टपुष्‍ट देखिए।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्

दानिएल 1:8-15 पवित्र बाइबल (NERV)

तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे। परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करूणा र दया भरिदिनु भयो। नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाएनौ भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्नु हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिम्रो हुनेछ।” त्यसपछि दानियलले आफूलाई, हनन्याह, मीशाएल अनि अजर्याहमाथि हेरचाह गर्ने अशपनजको त्यो कारिन्दासँग कुराकानि गरे। दानियलले त्यो कारिन्दालाई भने, “दया गरेर दश दिन सम्म हाम्रो परीक्षा लेऊ, हामीलाई खान साग-सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ। त्यसपछि तिमीले हाम्रो तुलना अरू जवान मानिसहरूसँग गर, जसले राजाको खाना खान्छन्। त्यस पछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ, अनि आफैं निर्णय गर, हामीसँग कस्तो व्यवहार गर्नु पर्छ, हामी तिम्रो सेवक हौं।” उनी राजी भए अनि दश दिन सम्म जाँच गरे। दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्

दानिएल 1:8-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दानिएलले राजदरबारको भोजन खाएर अनि दाखमद्य पिएर आफैंलाई यहूदी विधिअनुसार अशुद्ध नपार्ने सङ्कल्‍प गरे र अशपेनजलाई यसबारे भने। परमेश्‍वरले उनको मन दानिएलप्रति दयालु पारिदिनुभयो। तर अशपेनज राजासित डराउँथे र उनले दानिएललाई भने, “तिमीले के खाने र के पिउने हो, सो राजाले खटाइदिनुभएको छ र तिमी अरू ठिटाहरूझैँ हट्टाकट्टा देखिएनौ भने उहाँले मेरो ज्‍यान लिनुहुनेछ।” यसकारण आफू र आफ्‍ना साथीहरूमाथि हेरविचार गर्न अशपेनजले खटाएका कारिन्‍दाकहाँ दानिएल गए र तिनलाई भने, “दश दिनसम्‍म हामीलाई जाँचेर हेर्नुहोस्। हामीलाई खानलाई साग-सब्‍जी र पिउनलाई पानी दिनुहोस्। त्‍यसपछि राजदरबारको भोजन खाने जवानहरूसित हामीलाई दाँज्‍नुहोस् र हामी कस्‍ता देखिन्‍छौं, त्‍यसअनुसार निर्णय गर्नुहोस्।” दश दिनसम्‍म तिनीहरूलाई त्‍यसो गर्न दिन उनी राजी भए। दश दिन बितेपछि तिनीहरू राजदरबारको भोजन खाने जवानहरूभन्दा ज्‍यादा हट्टाकट्टा र बलिया देखिए।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्