YouVersion लोगो
खोज आइकन

दानिएल 1:8-15

दानिएल 1:8-15 NCV

तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे। परमेश्‍वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो; तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।” तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने, “बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।” यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे। दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्‍टपुष्‍ट देखिए।

दानिएल 1 पढ्नुहोस्