प्रेरित 26:24-32
प्रेरित 26:24-32 पवित्र बाइबल (NERV)
पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।” पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्। राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन। राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।” राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?” पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङ्लो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।” राजा अग्रिपा, राज्यपाल फेस्तस, वर्णिस अनि तिनीहरूसँगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जुरूक्क उठे। सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।” अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”
प्रेरित 26:24-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले आफ्नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्याएको छ।” तर पावलले भने, “अति आदरणीय फेस्तस, म बौलाहा होइनँ, तर सत्य र सुबुद्धिका कुराहरू बोल्दछु। किनकि राजा स्वयम्ले यी कुराका विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन। राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? म जान्दछु, हजूरले विश्वास गर्नुहुन्छ।” अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्टियान बनाउन चाहन्छौ?” पावलले जवाफ दिए, “थोरै समयमा होस् कि धेरैमा यी साङ्लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै मजस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु।” तब राजा, हाकिम, बरनिकी र त्यहाँ बस्नेहरू जति सबै उठे। तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, “यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।” अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”

प्रेरित 26:24-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यति सुन्नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।” तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्। राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्। हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्वास राख्नुहुन्छ।” त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई ख्रीष्टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?” पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबै जना मजस्तै हुनुहोस्।” तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे। तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।” अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।”
प्रेरित 26:24-32 पवित्र बाइबल (NERV)
पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।” पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्। राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन। राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।” राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?” पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङ्लो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।” राजा अग्रिपा, राज्यपाल फेस्तस, वर्णिस अनि तिनीहरूसँगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जुरूक्क उठे। सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।” अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”
प्रेरित 26:24-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पावलले भनेको यी कुरा सुनेर फेस्तसले कराएर भने, “पावल तिमी बौलाएछौ, तिम्रो ज्ञानले तिमीलाई बौलाहा बनायो।” पावलले भने, “माननीय फेस्तस, म बौलाएको होइनँ, म सद्धे छु र सत्य कुराहरू गर्दै छु। राजा अग्रिपासलाई यी सबै कुरा थाहा छ, उहाँलाई म यी कुराहरू साहससँग भन्न सक्छु। उहाँले अवश्य यी कुराहरूमा राम्ररी ध्यान दिनुभएको छ किनभने यी कुराहरू एक कुनामा घटेका होइनन्। हे राजा अग्रिपास, के हजुरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? हो, हजुरले विश्वास गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा छ।” त्यत्तिकैमा अग्रिपासले पावललाई भने, “यति थोरै कुरोले के तिमी मलाई ख्रीष्टियान बनाउने कोसिस गर्छौ?” पावलले भने, “थोरै कुराले होस् या धेरैले– यी मेरा हातमा लगाइएका साङ्लाहरू बाहेक– हजुर मात्रै होइन, तर हजुरहरू सबै मजस्तै भइदिए हुन्थ्यो। यही म परमेश्वरसँग प्रार्थना गर्छु।” त्यतिखेर राजा अग्रिपास, बडा-हाकिम फेस्तस, बरनिकी र तिनीहरूसँग आएका सबै मानिसहरूसमेत जर्याक-जुरुक उठे र बाहिर जाँदा आपसमा यसो भनेर कुरा गरे, “यस मानिसले थुनिनुपर्ने वा ज्यानसजाय पाउनुपर्ने कुनै काम गरेको त रहेनछ।” अग्रिपासले फेस्तसलाई भने, “यस मानिसले रोमी महाराजाकहाँ बिन्ती चढाउन नमागेको भए त छोडिदिए पनि हुन्थ्यो नि!”