YouVersion लोगो
खोज आइकन

प्रेरित 26:24-32

प्रेरित 26:24-32 NCV

यति सुन्‍नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।” तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्। राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्‍कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्‍वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्। हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्‍वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्‍वास राख्नुहुन्छ।” त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई ख्रीष्‍टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?” पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्‍वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबै जना मजस्तै हुनुहोस्।” तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे। तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्‍न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।” अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।”

प्रेरित 26 पढ्नुहोस्

प्रेरित 26:24-32 को लागि भिडियो