YouVersion लोगो
खोज आइकन

प्रेरित 26:24-32

प्रेरित 26:24-32 NNRV

तिनले आफ्‍नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्‍तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्‍याएको छ।” तर पावलले भने, “अति आदरणीय फेस्‍तस, म बौलाहा होइनँ, तर सत्‍य र सुबुद्धिका कुराहरू बोल्‍दछु। किनकि राजा स्‍वयम्‌ले यी कुराका विषयमा जान्‍नुहुन्‍छ, जसको सामुन्‍ने म निर्धक्‍कसँग बोल्‍दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन। राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्‍वास गर्नुहुन्‍छ? म जान्‍दछु, हजूरले विश्‍वास गर्नुहुन्‍छ।” अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्‍टियान बनाउन चाहन्छौ?” पावलले जवाफ दिए, “थोरै समयमा होस्‌ कि धेरैमा यी साङ्‌लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै मजस्‍तै होऊन्‌ भनी म परमेश्‍वरमा प्रार्थना गर्छु।” तब राजा, हाकिम, बरनिकी र त्‍यहाँ बस्‍नेहरू जति सबै उठे। तब तिनीहरू निस्‍केपछि आपसमा यसो भन्‍दै कुरा गरे, “यस मानिसले प्राणदण्‍ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।” अग्रिपासले फेस्‍तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”

प्रेरित 26:24-32 को लागि भिडियो