YouVersion लोगो
खोज आइकन

प्रेरित 26:24-32

प्रेरित 26:24-32 सरल नेपाली

पावलले भनेको यी कुरा सुनेर फेस्‍तसले कराएर भने, “पावल तिमी बौलाएछौ, तिम्रो ज्ञानले तिमीलाई बौलाहा बनायो।” पावलले भने, “माननीय फेस्‍तस, म बौलाएको होइनँ, म सद्धे छु र सत्‍य कुराहरू गर्दै छु। राजा अग्रिपासलाई यी सबै कुरा थाहा छ, उहाँलाई म यी कुराहरू साहससँग भन्‍न सक्‍छु। उहाँले अवश्‍य यी कुराहरूमा राम्ररी ध्‍यान दिनुभएको छ किनभने यी कुराहरू एक कुनामा घटेका होइनन्। हे राजा अग्रिपास, के हजुरले अगमवक्ताहरूमाथि विश्‍वास गर्नुहुन्‍छ? हो, हजुरले विश्‍वास गर्नुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा छ।” त्‍यत्तिकैमा अग्रिपासले पावललाई भने, “यति थोरै कुरोले के तिमी मलाई ख्रीष्‍टियान बनाउने कोसिस गर्छौ?” पावलले भने, “थोरै कुराले होस् या धेरैले– यी मेरा हातमा लगाइएका साङ्लाहरू बाहेक– हजुर मात्रै होइन, तर हजुरहरू सबै मजस्‍तै भइदिए हुन्‍थ्‍यो। यही म परमेश्‍वरसँग प्रार्थना गर्छु।” त्‍यतिखेर राजा अग्रिपास, बडा-हाकिम फेस्‍तस, बरनिकी र तिनीहरूसँग आएका सबै मानिसहरूसमेत जर्‍याक-जुरुक उठे र बाहिर जाँदा आपसमा यसो भनेर कुरा गरे, “यस मानिसले थुनिनुपर्ने वा ज्‍यानसजाय पाउनुपर्ने कुनै काम गरेको त रहेनछ।” अग्रिपासले फेस्‍तसलाई भने, “यस मानिसले रोमी महाराजाकहाँ बिन्‍ती चढाउन नमागेको भए त छोडिदिए पनि हुन्‍थ्‍यो नि!”

प्रेरित 26 पढ्नुहोस्

प्रेरित 26:24-32 को लागि भिडियो