YouVersion लोगो
खोज आइकन

प्रेरित 14:1-7

प्रेरित 14:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्‍तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्‍वास गर्‍यो। तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अन्‍यजातिहरूलाई भड्‌काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए। प्रभुको भरोसामा साहससँग बोल्‍दै धेरै समयसम्‍म पावल र बारनाबास त्‍यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्‍हहरू र अचम्‍मका कामहरू गराईकन आफ्‍नो अनुग्रहका वचनको गवाही दिनुभयो। तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे। अन्‍यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्‍ने प्रयत्‍न गरे। तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्‍त्रा, डर्बी र छेउछाउका जिल्‍ला हुँदो भागेर गए, र त्‍यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे।

शेयर गर्नुहोस्
प्रेरित 14 पढ्नुहोस्

प्रेरित 14:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्‍वास गरे। तर विश्‍वास गर्न नमान्‍ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्‍वासीहरूका विरुद्ध जगाए। त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो। तर त्यस सहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे। आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए। तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए; र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे।

शेयर गर्नुहोस्
प्रेरित 14 पढ्नुहोस्

प्रेरित 14:1-7 पवित्र बाइबल (NERV)

पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे। तर केही यहूदीहरूले विश्वास गरेनन्। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे। तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो। कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए। कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र वर्णाबासलाई हानि पुर्याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिर्काएर मार्न चाहन्थे। जब पावल र बर्णाबासले त्यस्तो षड़यन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए। तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे।

शेयर गर्नुहोस्
प्रेरित 14 पढ्नुहोस्

प्रेरित 14:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आइकोनियन सहरमा पनि पावल र बारनाबास सधैँजस्‍तै यहूदीहरूको सभाघरमा गए। उनीहरूले सभाघरभित्र यस्‍तो किसिमले बोले, त्‍यहाँ भएका धेरै यहूदी र अरू जातिका मानिसहरूले पनि प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गरे। तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अरू जातिका मानिसहरूलाई उचालेर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूको विरोध गर्न थाले। तापनि पावल र बारनाबास त्‍यस सहरमा निकै दिनसम्‍म बसे। तिनीहरूले आफ्‍नो भरोसा प्रभुमा राखेर प्रभुको पक्षमा साहससँग बोले। प्रभुले उनीहरूलाई अचम्‍म-अचम्‍मका काम गर्ने शक्ति दिँदै उनीहरूले बोलेको त्‍यो अनुग्रहको सन्‍देशलाई साँचो हो भनी प्रमाणित गरिदिनुभयो। तर सहरका मानिसहरू दुईटा दलमा बाँडिए। कति जना यहूदीहरूतिर र कति जनाचाहिँ प्रेरितहरूतिर लागे। अरू जातिका मानिस र विरोध गर्ने यहूदी र तिनीहरूका शासकहरू मिलेर पावल र बारनाबासलाई ढुङ्गा हानी मार्ने मतो गरे। तर पावल र बारनाबासले यो कुरा सुने अनि उनीहरू भागेर लुकोनिया क्षेत्रमा पर्ने लुस्‍त्रा र डर्बी सहरमा गए। ती दुई सहरमा र वरिपरि भएका ठाउँहरूमा पनि तिनीहरूले प्रभुले दिनुभएको सुसमाचार प्रचार गरे।

शेयर गर्नुहोस्
प्रेरित 14 पढ्नुहोस्