आइकोनियन सहरमा पनि पावल र बारनाबास सधैँजस्तै यहूदीहरूको सभाघरमा गए। उनीहरूले सभाघरभित्र यस्तो किसिमले बोले, त्यहाँ भएका धेरै यहूदी र अरू जातिका मानिसहरूले पनि प्रभु येशू ख्रीष्टमा विश्वास गरे। तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ अरू जातिका मानिसहरूलाई उचालेर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूको विरोध गर्न थाले। तापनि पावल र बारनाबास त्यस सहरमा निकै दिनसम्म बसे। तिनीहरूले आफ्नो भरोसा प्रभुमा राखेर प्रभुको पक्षमा साहससँग बोले। प्रभुले उनीहरूलाई अचम्म-अचम्मका काम गर्ने शक्ति दिँदै उनीहरूले बोलेको त्यो अनुग्रहको सन्देशलाई साँचो हो भनी प्रमाणित गरिदिनुभयो। तर सहरका मानिसहरू दुईटा दलमा बाँडिए। कति जना यहूदीहरूतिर र कति जनाचाहिँ प्रेरितहरूतिर लागे। अरू जातिका मानिस र विरोध गर्ने यहूदी र तिनीहरूका शासकहरू मिलेर पावल र बारनाबासलाई ढुङ्गा हानी मार्ने मतो गरे। तर पावल र बारनाबासले यो कुरा सुने अनि उनीहरू भागेर लुकोनिया क्षेत्रमा पर्ने लुस्त्रा र डर्बी सहरमा गए। ती दुई सहरमा र वरिपरि भएका ठाउँहरूमा पनि तिनीहरूले प्रभुले दिनुभएको सुसमाचार प्रचार गरे।
प्रेरित 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 14:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू