YouVersion लोगो
खोज आइकन

२ शमूएल 3:22-39

२ शमूएल 3:22-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊदका मानिसहरू र योआबचाहिँ आफूसँग धेरै लूटका माल लिएर लूटपीटबाट फर्के। तर त्‍यस बेला अबनेरचाहिँ शान्‍तिसाथ बिदा भइसकेकाले उनी दाऊदसँग हेब्रोनमा थिएनन्‌। यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्‍तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने। राजाकहाँ गएर योआबले भने, “हजूरले यो के गर्नुभयो? अबनेर यहाँ हजूरकहाँ आएका थिए। हजूरले कसरी उनलाई त्‍यसै जान दिनुभयो? उनी त त्‍यसै उम्‍केर गइहाले। हजूरले नेरका छोरा अबनेरलाई चिन्‍नु नै भएको छ। उनी हजूरलाई छल गर्न, हजूरको चाल बुझ्‍न र हजूर के गर्दैहुनुहुन्‍छ सो जान्‍नलाई आएका थिए।” जब योआब दाऊदको सामुन्‍नेबाट निस्‍के, तब तिनले अबनेरको पछि समाचारवाहकहरूलाई पठाए, र तिनीहरूले अबनेरलाई सीराको इनारदेखि फर्काएर ल्‍याए। तर दाऊदलाई यो सब थाहा थिएन। अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्‍तमा केही कुरा गर्ने निहुँमा मूल ढोकाको एकातिर गए, र तिनले आफ्‍ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँड़ीमा घोचेर मारे। तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्‍याको विषयमा म र मेरो राज्‍य परमप्रभुको दृष्‍टिमा सधैँको लागि निर्दोष छौं। योआब र तिनका पिताका सबै घरानाको शिरमा त्‍यो दोष परोस्‌। अनि योआबको घरानामा घाउ-खटिरा हुने वा छालामा सरुवा रोग लाग्‍ने व्‍यथाले नछोड़ोस्, लहुरोको सहारामा हिँड्‌ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्‌ने सन्‍तानको अभाव नहोस्‌।” यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे। तब दाऊदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई आ-आफ्‍नो लुगा च्‍यात्‍न, भाङ्‌ग्रा ओड्‌ने र अबनेरको अरथीको अगिअगि विलाप गर्दै हिँड्‌न भनी हुकुम गरे, र राजा आफैचाहिँ अरथीको पछिपछि हिँड़े। तिनीहरूले अबनेरलाई हेब्रोनमा गाड़े, र अबनेरको चिहानमा राजा साह्रै रोए। अनि सबै मानिसहरू पनि तिनीसँग रोए। राजाले अबनेरको निम्‍ति यो विलापको गीत गाए: “के अबनेर अपराधी भएझैँ मर्नुपर्‍यो? तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोड़ामा साङ्‌ला लागेका थिएनन्, तिमी त दुष्‍टहरूका हातमा परेझैँ ढल्‍यौ।” अनि मानिसहरू तिनको निम्‍ति फेरि रोए। तब तिनीहरूले दाऊदलाई अझै दिन बाँकी रहँदा केही खाऊन्‌ भनेर मनाउनलाई आए, तर दाऊदले शपथ खाएर यसो भने, “सूर्यास्‍तअघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌।” मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्‍न भए। त्‍यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्‍यामा राजाको केही हात थिएन भनी थाहा पाए। राजाले आफ्‍ना मानिसहरूलाई भने, “इस्राएलमा आजको दिन एक जना योद्धा, एक जना महान्‌ पुरुष मरे भनी तिमीहरू जान्‍दैनौ? म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्‍ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्‍ति अति नै बलिया भए। परमप्रभुले दुष्‍ट काम गर्नेलाई त्‍यसका योग्‍यको प्रतिफल देऊन्।”

शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्

२ शमूएल 3:22-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए। जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्‍ने कुरा सुनाइयो। यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्! तपाईंले नेरका छोरा अबनेरलाई जान्‍नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।” तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन। जब अबनेर हेब्रोनमा फर्के, तब योआबले तिनलाई गुप्‍तमा कुरा गर्ने निहुँ गरेर मूलढोकाको एकातिर लगे। त्यहाँ आफ्नो भाइ असाहेलको रगतको बदला लिन तिनको पेटमा धारिलो हतियार रोपिदिए, र तिनी मरे। पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ। योआबको दोष तिनकै र तिनका पिताका सम्पूर्ण घरानाको शिरमा परोस्! योआबको घरानामा घाउखटिरा हुने वा कुष्‍ठरोगले कहिल्यै नछोडोस्, अथवा लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्!” (योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।) तब दावीदले योआब र तिनीसित भएका सबै मानिसहरूलाई भने, “तिमीहरूका लुगाहरू च्यातेर भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीरको अगि-अगि शोक गर्दै हिँड।” राजा दावीद आफू पनि मृत शरीरको पछि-पछि हिँडे। तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए। राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र? तिम्रा हातहरू बाँधिएका थिएनन्, न त तिम्रा पाउहरूमा साङ्ला थिए, तिमी दुष्‍ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए। तब ती सबै मानिसहरू आए। अनि दिन छँदै दावीदलाई केही खान आग्रह गरे; तर दावीदले शपथ खाएर यसो भने, “यदि मैले घाम अस्ताउन अगि रोटी अथवा केही चाखेँ भने परमेश्‍वरले मप्रति कठोर व्यवहार गरून्!” सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो। यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे। तब राजाले आफ्ना मानिसहरूलाई भने, “आजको दिन इस्राएलमा एक राजकुमार र एक जना महान् पुरुष मरेका छन् भनी के तिमीहरू जान्दैनौ? आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्‍ट काम गर्नेलाई त्यसको दुष्‍ट कामअनुसार नै प्रतिफल देऊन्!”

शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्

२ शमूएल 3:22-39 पवित्र बाइबल (NERV)

योआब र दाऊदका अधिकारी युद्धबाट फर्किएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तिसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनमा दाऊदसँग थिएनन्। योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर (नेरका छोरा) राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तिसित छोडि दिए।” योआब राजाकहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेट्न आयो तर तपाईंले त्यसलाई किन केही गर्नु भएन? तपाईंले अबनेरलाई (नेरका छोरा) चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।” योआबले दाऊदलाई छोडेर गयो। उसले सीराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्। जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाइ असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे। पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ। योआब र उसका परिवारका सदस्यहरू यसको दोषी छन्। उसका सम्पूर्ण परिवारलाई यसको दोष दिन सकिन्छ। मलाई आशा छ अब योआबका परिवारले साह्रै कठिनाइका दिन देख्नु पर्नेछ। मलाई पूरा विश्वास छ त्यसका परिवारका सम्पूर्ण सदस्यमा कोरको बिमार सल्कने छ। बैशाखी लगाएर हिंडने छन्, युद्धमा मारिने छन् अनि भोक भोकै रहनु पर्नेछ।” अबनेरले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाइ अबिशैले अबनेरलाई मार्यो। दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।” अबनेरलाई हेब्रोनमा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिहानमा रोए। राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाएः “के अबनेर मूर्ख अपराधी झै मरे? अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन। होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।” तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रून थाले। दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।” सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए। यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा। राजा दाऊदले उसका अधिकारीहरूलाई भने, “तिमीहरूलाई त्यो थाहा छैन आज इस्राएलका एक महत्वपूर्ण अगुवाको मृत्युभयो। आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।”

शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्

२ शमूएल 3:22-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि योआब र दाऊदका अन्‍य अधिकारीहरूले छापा मारेर धेरै लुटका सामान लिई फर्के। त्‍यस बेला अबनेर दाऊदसित हेब्रोनमा थिएनन् किनकि तिनलाई शान्‍ति-सुरक्षाको वचन दिई दाऊदले बिदा गरिसकेका थिए। जब योआब र तिनका मानिसहरू आइपुगे, तब अबनेर दाऊद राजाकहाँ आएको र शान्‍ति-सुरक्षाको वचन पाई फर्किएको कुरा तिनीहरूले सुने। यसर्थ राजाकहाँ गई योआबले भने, “हजुरले के गर्नुभएको? अबनेर हजुरकहाँ आएका रहेछन्, हजुरले किन त्‍यसरी छोडिदिनुभयो? तिनी त यहाँ हजुरलाई छल्‍न र हजुरले के-कसो गर्नुहुन्‍छ र कहाँ जानुहुन्‍छ, सो बुझ्‍न आएका थिए। हजुरलाई यो कुरा याद हुनुपर्ने हो!” दाऊदसित बिदा भएपछि योआबले अबनेरलाई बोलाउन दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्‍याए। तर दाऊदलाई यसबारे केही थाहा भएन। जब अबनेर हेब्रोनमा आइपुगे, तिनीसित एकान्‍तमा केही कुरा गर्ने बहाना गरी योआबले तिनलाई ढोकाको एक छेउमा लगे र त्‍यहाँ तिनको भुँडीमा तरवार रोपिदिए किनभने अघि तिनले योआबको भाइ असाहेललाई मारेका थिए र त्‍यसरी बदलामा अबनेर मारिए। दाऊदले त्‍यो खबर पाए र भने, “परमप्रभु जान्‍नुहुन्‍छ कि म र मेरा प्रजा अबनेरको हत्‍यामा निर्दोष छौं। त्‍यसको दण्‍ड योआब र त्‍यसका परिवारमाथि परोस्! तिनको सन्‍तानको हरेक पुस्‍तामा कुष्ठरोग वा घाउ-खटिराले ग्रस्‍त वा स्‍त्रीको काम मात्र गर्न लायक, दुर्बल वा लडाइँमा मारिने वा खानाको अभाव भएको केही न केही व्‍यक्ति भइरहोस्!” यसरी योआब र तिनका भाइ अबीशैले अबनेरको हत्‍या गरे किनकि तिनीहरूको भाइ असाहेललाई गिबोनको लडाइँमा अबनेरले मारेका थिए। तब दाऊदले योआब र तिनका मानिसहरूलाई अबनेरको निम्‍ति शोक गरेर आफ्‍ना लुगा च्‍यातेर भाङ्‌ग्रा पहिरिने आज्ञा दिए। मलामीमा दाऊद राजा आफैं लाशको पछिपछि हिँडे। हेब्रोनमा अबनेरलाई गाडे र चिहानमा दाऊद राजा उच्‍च सोरले रोए र तिनीसँग सबै मानिसहरू पनि रोए। र अबनेरको निम्‍ति राजाले यो विलापको गीत गाए: “किन अबनेर एक मूर्खझैँ मारिनुपर्‍यो? तिनका हात बाँधिएका थिएनन्, तिनका पाउ पनि बाँधिएका थिएनन्; तिनी अपराधीका हातबाट मारिए!” फेरि मानिसहरू पनि अबनेरको निम्‍ति रोए। दिनभरि मानिसहरूले दाऊदलाई केही भोजन गराउने चेष्‍टा गरे; तर तिनले यस्‍तो गम्‍भीर शपथ खाए, “सूर्य अस्‍ताउनुभन्दा अघि मैले केही कुरा खाएँ भने परमेश्‍वरले मेरो प्राण लेऊन्!” मानिसहरूले कुरा बुझे र सन्‍तोष माने। वास्‍तवमा राजाले गरेका हरेक कुरामा तिनीहरू खुसी हुन्‍थे। अबनेरको हत्‍यामा राजाको कुनै हात थिएन भनी दाऊदका प्रजा र इस्राएलका मानिसहरू सबैले बुझे। राजाले आफ्‍ना भारदारहरूलाई भने, “आज इस्राएलका एक महान् अगुवा मरे भनी के तिमीहरू थाहा पाउँदैनौ? म परमेश्‍वरले चुन्‍नुभएको राजा हुँ तापनि आज कमजोर अनुभव गर्दछु। सरूयाहका यी छोराहरू मेरो निम्‍ति अति नै भएका छन्। परमप्रभुले यी अपराधीहरूलाई उचित दण्‍ड देऊन्!”

शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्