YouVersion लोगो
खोज आइकन

२ राजाहरू 6:8-17

२ राजाहरू 6:8-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब अरामका राजा इस्राएलसित लड़ाइँ गरिरहेका थिए। उनले आफ्‍ना अधिकृतहरूसँग सल्‍लाह गरे, र भने, “म फलानो ठाउँमा मेरो छाउनी बनाउनेछु।” परमेश्‍वरका जनले इस्राएलका राजालाई यसो भनेर खबर पठाए, “त्‍यस ठाउँबाट भएर जानलाई होशियार रहनुहोस्‌। किनभने अरामीहरू त्‍यहाँ गइरहेका छन्‌।” यसैले जुन ठाउँको विषयमा परमेश्‍वरका जनले तिनलाई सङ्केत दिएका थिए, त्‍यहाँ इस्राएलका राजाले हेर-विचार गरे। एलीशाले राजालाई घरीघरी चेताउनी दिन्‍थे, त्‍यसैले त्‍यस्‍ता ठाउँहरूमा तिनी सतर्क बसे। यसले गर्दा अरामका राजा क्रोधित भए। उनले आफ्‍ना अधिकृतहरूलाई बोलाएर कड़ा गरी सोधे, “के तिमीहरू मलाई भन्‍दैनौ, हामीहरूमध्‍येको कुनचाहिँ इस्राएलका राजाको पक्षमा छ?” उनका अधिकृतहरूमध्‍येका एक जनाले भने, “हे मेरा प्रभु महाराजा, हामीमध्‍ये कोही छैन, तर इस्राएलका अगमवक्ता एलीशाले इस्राएलका राजालाई तपाईंले आफ्‍नो सुत्‍ने कोठामा बोल्‍नुभएका सबै कुरा बताइदिन्‍छन्‌।” राजाले हुकुम गरे, “गएर तिनी कहाँ छन्‌ पत्ता लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” “तिनी त दोतानमा छन्‌” भन्‍ने खबर तिनलाई बताइयो। तब राजाले घोड़ाहरू र रथहरू भएको एउटा शक्तिशाली फौज त्‍यहाँ पठाए। उनीहरू राती गएर त्‍यस सहरलाई घेरे। जब परमेश्‍वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्‍यस चाकरले आएर आफ्‍ना मालिकलाई सोध्‍यो, “हे मेरा प्रभु, अब हामी के गरौं?” ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्‍दा धेरै छन्‌।” तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्‌।” तब परमप्रभुले त्‍यस चाकरको आँखा खोलिदिनुभयो, र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो।

शेयर गर्नुहोस्
२ राजाहरू 6 पढ्नुहोस्

२ राजाहरू 6:8-17 पवित्र बाइबल (NERV)

अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।” तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।” इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए। अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?” अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।” अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।” सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।” तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे। एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहरलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो। एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?” एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।” तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।” परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।

शेयर गर्नुहोस्
२ राजाहरू 6 पढ्नुहोस्

२ राजाहरू 6:8-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अरामका राजा र इस्राएलका बीचमा लडाइँ चल्‍दै थियो। आफ्‍ना अधिकृतहरूसित सल्‍लाह गरेर उनले एउटा छाउनी हाल्‍ने ठाउँ छाने। तर एलीशाले इस्राएलका राजालाई अरामीहरू बाटो ढुकेर बसेको कारण त्यस ठाउँको छेउमा नजान चेतावनी दिएर खबर पठाए। इस्राएलका राजाले त्‍यस ठाउँमा बस्‍ने आफ्‍ना मानिसहरूलाई खबर पठाए र तिनीहरू होशियार भए। यस्‍तो धेरै पटक भयो। त्‍यो देखेर अरामका राजा औधी बेचैन भए। उनले आफ्‍ना अधिकृतहरूलाई बोलाएर भने, “तिमीहरूमध्‍ये को इस्राएलका राजापट्टि लागेका छौ?” एउटाले भने, “राजन्, हामी कोही पनि उतापट्टि लागेका छैनौं। हजुरले आफ्‍नो कोठामा एकान्‍तमा भनेका कुरा पनि एलीशा अगमवक्ताले इस्राएलका राजालाई बताइदिन्‍छन्।” राजाले आज्ञा गरे, “त्‍यो कहाँ बस्‍छ, पत्तो लगाऊ। म त्‍यसलाई कैद गर्नेछु।” एलीशा दोतानमा छन् भनी राजालाई खबर भयो। उनले घोडा र रथहरूका साथ एउटा ठूलो सैन्‍य दल त्‍यहाँ पठाए। सैन्‍य दल राती सहरमा पुगेर त्‍यसलाई घेरे। भोलिपल्‍ट बिहानै एलीशाको चाकर उठेर घरबाट निस्‍क्‍यो र घोडा र रथहरूसहित अरामी सेनाले सहर घेरिराखेको त्‍यसले देख्‍यो। त्‍यो फर्केर एलीशाकहाँ आयो र कराएर भन्‍यो, “हजुर, हामी नाश भयौं! अब कसो गर्नू?” एलीशाले उत्तर दिए, “नडरा। तिनीहरूपट्टि भन्दा हामीपट्टि धेरै जना छन्।” तब उनले प्रार्थना गरे, “हे परमप्रभु, त्‍यसका आँखा खोलिदिनुहोस् र त्‍यसले देख्‍न सकोस्!” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो। त्‍यस चाकरले फेरि हेर्दा एलीशाका चारैपट्टि आगोका घोडा र रथहरूले डाँडा भरिएको देख्‍यो।

शेयर गर्नुहोस्
२ राजाहरू 6 पढ्नुहोस्