अब अरामका राजा इस्राएलसित लड़ाइँ गरिरहेका थिए। उनले आफ्ना अधिकृतहरूसँग सल्लाह गरे, र भने, “म फलानो ठाउँमा मेरो छाउनी बनाउनेछु।” परमेश्वरका जनले इस्राएलका राजालाई यसो भनेर खबर पठाए, “त्यस ठाउँबाट भएर जानलाई होशियार रहनुहोस्। किनभने अरामीहरू त्यहाँ गइरहेका छन्।” यसैले जुन ठाउँको विषयमा परमेश्वरका जनले तिनलाई सङ्केत दिएका थिए, त्यहाँ इस्राएलका राजाले हेर-विचार गरे। एलीशाले राजालाई घरीघरी चेताउनी दिन्थे, त्यसैले त्यस्ता ठाउँहरूमा तिनी सतर्क बसे। यसले गर्दा अरामका राजा क्रोधित भए। उनले आफ्ना अधिकृतहरूलाई बोलाएर कड़ा गरी सोधे, “के तिमीहरू मलाई भन्दैनौ, हामीहरूमध्येको कुनचाहिँ इस्राएलका राजाको पक्षमा छ?” उनका अधिकृतहरूमध्येका एक जनाले भने, “हे मेरा प्रभु महाराजा, हामीमध्ये कोही छैन, तर इस्राएलका अगमवक्ता एलीशाले इस्राएलका राजालाई तपाईंले आफ्नो सुत्ने कोठामा बोल्नुभएका सबै कुरा बताइदिन्छन्।” राजाले हुकुम गरे, “गएर तिनी कहाँ छन् पत्ता लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” “तिनी त दोतानमा छन्” भन्ने खबर तिनलाई बताइयो। तब राजाले घोड़ाहरू र रथहरू भएको एउटा शक्तिशाली फौज त्यहाँ पठाए। उनीहरू राती गएर त्यस सहरलाई घेरे। जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौं?” ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।” तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्।” तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्निमय घोड़ाहरू र रथहरूले भरिएका देख्यो।
२ राजाहरू 6 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 6:8-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू