YouVersion लोगो
खोज आइकन

राजाहरूको दोस्रो पुस्तक 6:8-17

राजाहरूको दोस्रो पुस्तक 6:8-17 NERV

अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।” तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।” इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए। अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?” अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।” अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।” सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।” तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे। एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहरलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो। एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?” एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।” तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।” परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।