२ इतिहास 22:2-3
२ इतिहास 22:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजगद्दी आरोहण गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। तिनी ओम्रीकी नातिनी अतल्याह थिइन्। तिनी पनि आहाबको घरानाका चालमा हिँड़े, किनभने दुष्ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्लाह दिन्थिन्।
२ इतिहास 22:2-3 पवित्र बाइबल (NERV)
अहज्याह 22 बर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक बर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो। अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।
२ इतिहास 22:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बाईस वर्षको हुँदा अहज्याह राजा भए र एक वर्ष उनले यरूशलेममा राज्य गरे। अहज्याह पनि आहाब राजाका घरानाको चालमा चले किनभने उनकी आमा अतल्याहले उनलाई दिएका सल्लाहले उनलाई दुष्ट काम गर्न लायो। अतल्याह आहाब राजाकी छोरी र इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्।