YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 4:13-17

१ थेसलोनिकी 4:13-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्‍छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्‍ता शोक गर्नु नपरोस्‌। किनकि हामी विश्‍वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्‌नुभयो र त्‍यसरी नै परमेश्‍वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्‍याउनुहुनेछ। प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्‍म बाँचिरहन्‍छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्‍नेछैनौं। किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।

१ थेसलोनिकी 4:13-17 नेपाली समकालीन संस्करण (NCV)

हे दाजुभाइ-दिदीबहिनीहरूहो, मरेका विश्‍वासीहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौं, किनकि अरू आशा नभएका मनिसहरूझैं शोक गर भन्‍न पनि चाहँदैनौं। किनकि हामी विश्‍वास गर्दछौं, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्‍वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ। प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौं कि, हामी जो अझ जीवित छौं, अनि प्रभुको आगमनसम्म बाँचिरहन्छौं, हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्‍नेछैनौं। किनकि प्रभु स्वयम् चर्को आज्ञा, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको स्वरसँगै स्वर्गबाट तल ओर्लि आउनुहुनेछ, अनि ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्। त्यसपछि हामी जो जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौं। यसरी हामी प्रभुसँग सदा-सर्वदा रहनेछौं।

१ थेसलोनिकी 4:13-17 पवित्र बाइबल (NERV)

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ। अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन। परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्। त्यसपछि त्यतिन्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं।

१ थेसलोनिकी 4:13-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाजुभाइहरू, मरिसकेका विश्‍वासीहरूका बारेमा तिमीहरूलाई भन्‍न चाहन्‍छु। अरू आशा नभएकाहरूलेजस्‍तै तिमीहरूले शोक नगर। येशू मरेर पनि बिउँतनुभयो भनेर विश्‍वास गर्दछौ। यसरी नै परमेश्‍वरले येशूमा विश्‍वास गरेर मर्नेहरूलाई येशूद्वारा फेरि उहाँसँगै लैजानुहुनेछ। प्रभुले नै दिनुभएको शिक्षा हामी तिमीहरूलाई दिन्‍छौं। प्रभु आउने दिनसम्‍म हामी बाँच्‍नेहरूले ती मरिसकेकाहरूलाई कुनै रीतिले पनि उछिन्‍न सक्‍नेछैनौं। त्‍यस दिन आज्ञाको आवाज, मुख्‍य स्‍वर्गदूतको सोर र परमेश्‍वरको तुरही फुकेको बेला प्रभु स्‍वर्गबाट आउनुहुनेछ र त्‍यति नै खेर ख्रीष्‍टमा विश्‍वास गरी मरेकाहरू सबैभन्दा पहिले बिउँतनेछन्। त्‍यस दिनसम्‍म हामी बाँच्‍नेहरू उनीहरूसँगै प्रभुलाई बादलमा भेट गर्न आकाशतिर लगिनेछौं अनि सधैँभरि प्रभुसँगै रहनेछौं।