YouVersion लोगो
खोज आइकन

1 थेसलोनिकी 4

4
परमेश्‍वरलाई प्रसन्‍न पार्ने जीवन
1अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनलाई तिमीहरूले कसरी जिउनुपर्छ भनी हामीले निर्देशन दियौं; जसअनुसार तिमीहरू जिइरहेका पनि छौ। अब अझ बढी त्यस्तै गर्ने गर भनी हाम्रा प्रभु येशूमा हामी तिमीहरूलाई आग्रह गर्दछौं। 2किनकि हामीले प्रभु येशूको अधिकारद्वारा तिमीहरूलाई जुन निर्देशन दियौं, सो तिमीहरू जान्दछौं।
3-4परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ, हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई#4:3-4 अथवा आफ्नै पत्नीसँग बस्‍न सिक नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। 5तिमीहरू परमेश्‍वरलाई नचिन्‍नेहरूजस्ता कामुकताको कामवासनामा नबस। 6यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैं, र चेतावनी दिएझैं, प्रभुले सजाय दिनुहुनेछ। 7किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो। 8यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्‍वरलाई नै इन्कार गर्छ।
9अब दाजुभाइ-दिदीबहिनीहरू प्रतिको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन, किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैले परमेश्‍वरबाट सिकेका छौ। 10वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्‍वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरूहो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौं। 11तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैं, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर, 12ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्।
पुनर्जीवनको आशा
13हे दाजुभाइ-दिदीबहिनीहरूहो, मरेका विश्‍वासीहरूका#4:13 मूल भाषामा सुतेकाहरू विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौं, किनकि अरू आशा नभएका मनिसहरूझैं शोक गर भन्‍न पनि चाहँदैनौं। 14किनकि हामी विश्‍वास गर्दछौं, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्‍वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ। 15प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौं कि, हामी जो अझ जीवित छौं, अनि प्रभुको आगमनसम्म बाँचिरहन्छौं, हामीले ती मरेकाहरूलाई#4:15 मूल भाषामा सुतेकाहरू कुनै रीतिले पनि उछिन्‍नेछैनौं। 16किनकि प्रभु स्वयम् चर्को आज्ञा, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको स्वरसँगै स्वर्गबाट तल ओर्लि आउनुहुनेछ, अनि ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्। 17त्यसपछि हामी जो जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौं। यसरी हामी प्रभुसँग सदा-सर्वदा रहनेछौं। 18यसकारण एक-अर्कालाई यी वचनहरूले उत्साह देओ।

अहिले सेलेक्ट गरिएको:

1 थेसलोनिकी 4: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्