१ शमूएल 31:1-4
१ शमूएल 31:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पलिश्तीहरूले इस्राएलको विरुद्धमा लड़ाइँ गरे, र इस्राएलीहरू पराजित भए, र गिल्बो डाँड़ामा आफ्ना लाशहरूलाई छोड़ेर भागे। पलिश्तीहरूले शाऊल र उनका छोराहरूलाई खूब खेदे, र उनका तीन जना छोराहरू, जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। शाऊलका चारैतिर लड़ाइँ मच्चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्त घायल बनाए। तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्, र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।
१ शमूएल 31:1-4 पवित्र बाइबल (NERV)
पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए। पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए। शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हाँसोको पात्र बन्न म चाहँदिन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे।
१ शमूएल 31:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पलिश्तीहरूले इस्राएलीहरूसित गिल्बो पहाडमा लडाइँ गरे। त्यहाँ धेरै इस्राएलीहरू मारिए र बाँचेकाहरू शाऊल राजा र तिनका छोराहरूसमेत भागे। तर पलिश्तीहरूले तिनीहरूलाई खेद्दै गएर भेट्टाए र शाऊलका तीन छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। शाऊलका चारैपट्टि ठूलो लडाइँ भइरहेको थियो र शत्रुका काँडले लागेर तिनी घाइते भए। तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप् र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते र त्यसैमा उनिएर मरे।