YouVersion लोगो
खोज आइकन

१ पत्रुस 2:19-23

१ पत्रुस 2:19-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुन्छ; तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्‍ट पायौ र भोग्छौ भने यो परमेश्‍वरको अगि प्रशंसनीय छ। यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्‍टले तिमीहरूको निम्ति कष्‍ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ। “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा उचित न्याय गर्नुहुने परमेश्‍वरकहाँ आफूलाई सुम्पनुभयो।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:19-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीले भोग्‍नुनपर्ने ठूलो दु:ख पनि परमेश्‍वरको इच्‍छा नै हो भनेर सह्यौ भने परमेश्‍वरले आशिष् दिनुहुनेछ। नराम्रो काम गर्दा सजाय पाउनु कुनै ठूलो कुरा छैन, तर राम्रो काम गर्दा पनि दु:ख भोग्‍यौ भने परमेश्‍वरले आशिष् दिनुहुनेछ। यसको लागि परमेश्‍वरले तिमीहरूलाई छान्‍नुभएको हो किनभने ख्रीष्‍टले पनि तिमीहरूका लागि दु:ख भोगेर नमुना भइदिनुभयो। त्‍यसो हुँदा तिमीहरूले पनि उहाँले देखाउनुभएको बाटोमा हिँड्‍नुपर्छ। उहाँले पाप गर्नु नै भएन, उहाँको मुखबाट झूटो कुरा निक्‍लेको कसैले सुनेन। कसैले उहाँको अपमान गर्दा पनि उहाँले जवाफ फर्काउनुभएन। दु:ख भोग्‍नुहुँदा पनि उहाँले धम्‍की दिनुभएन तर उहाँ ठीकसँग न्‍याय गर्नुहुने परमेश्‍वरमा नै भर पर्नुभयो।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:19-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ। किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ, किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ। “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:19-23 पवित्र बाइबल (NERV)

एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ। तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ। तिमीहरूलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुशरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरूले उहाँको ठीक अनुशरण गर्नुपर्छ कारण तिमीहरूको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर: “उनले पाप गरेनन्, अनि उहाँको मुखमा कुनै छलको कुरो पाईएन।” मानिसहरूले ख्रीष्ट प्रति नराम्रा कुराहरू भने, तर उहाँले तिनीहरूलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरूलाई भय देखाउनु भएन। अँहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्