परमेश्वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय हुन्छ; तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्ट पायौ र भोग्छौ भने यो परमेश्वरको अगि प्रशंसनीय छ। यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्टले तिमीहरूको निम्ति कष्ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ। “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा उचित न्याय गर्नुहुने परमेश्वरकहाँ आफूलाई सुम्पनुभयो।
1 पत्रुस 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 पत्रुस 2:19-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू