YouVersion लोगो
खोज आइकन

१ पत्रुस 2:11-17

१ पत्रुस 2:11-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो। अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌। प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्, अथवा हाकिमहरूको होस्, जो दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्‍छन्‌। किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ। स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल। सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:11-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ। गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्‍वरको महिमा गरून्। प्रभुको निम्ति तिमीहरू आफूलाई सबै मानवीय स्थापित अख्तियारको अधीनमा राख; चाहे सर्वोच्‍च अधिकारको रूपमा राजा हुन्, अथवा राज्यपालहरू, जसलाई राजाले खराब काम गर्नेहरूलाई दण्ड दिन र ठिक काम गर्नेहरूलाई इज्जत दिन चुनेका हुन्छन्। किनकि परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानताका कुरालाई चुप गराउनुपर्दछ। तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्‍वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्‍टता छोप्ने आवरणको रूपमा प्रयोग नगर। सबैलाई उचित आदर देखाओ। विश्‍वासीहरूको समूहलाई प्रेम गर; परमेश्‍वरसँग डराओ, राजालाई आदर गर।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:11-17 पवित्र बाइबल (NERV)

प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ। प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्। अनि राज्यपालहरूको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरू पठाइएका हुन्। यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो। मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच। सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:11-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्रियहरू, यस संसारमा तिमीहरू विदेशी र प्रवासीजस्‍तै छौ। तिमीहरूलाई बिन्‍ती गर्दछु, शरीरका चाहनाहरू पूरा गर्नतिर नलाग। यस्‍ता चाहनाहरू आत्‍माको विरोधमा सधैँ लड्छन्। अरू जातिका मानिसका माझमा तिनीहरूको चालचलन यस्‍तो राम्रो होस् कि तिनीहरूले तिमीहरूलाई नराम्रो भनेर दोस्‍याउँदा तिमीहरूका राम्रा काम चिन्‍न सकून् अनि परमेश्‍वरले न्‍याय गर्न आउनुहुँदा उहाँको प्रशंसा गरून्। प्रभुको आदरको लागि सबै अधिकारीहरूका अधीनमा बस। राजाको अधीनमा बस, जससँग सर्वोच्‍च अधिकार हुन्छ र अरू कुनै राजकाज चलाउनेहरूका अधीनमा पनि, जो नराम्रा काम गर्नेहरूलाई सजाय दिन र राम्रा गर्नेलाई इज्‍जत गर्न परमेश्‍वरबाटै खटाइएका हुन्। मूर्खहरूले नबुझी बोलेका कुराहरू तिमीहरूका राम्रा कामले चुप गराएको परमेश्‍वर चाहनुहुन्‍छ। स्‍वतन्‍त्र मानिसझैँ बस, तर स्‍वतन्‍त्र छु भनेर नराम्रो कामचाहिँ नगर। बरु परमेश्‍वरको कमारो बन। सबै मानिसको इज्‍जत गर। विश्‍वास गर्ने दाजुभाइहरूलाई माया गर। परमेश्‍वरको डर मान, राजाको आदर गर।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्