प्रियहरू, यस संसारमा तिमीहरू विदेशी र प्रवासीजस्तै छौ। तिमीहरूलाई बिन्ती गर्दछु, शरीरका चाहनाहरू पूरा गर्नतिर नलाग। यस्ता चाहनाहरू आत्माको विरोधमा सधैँ लड्छन्। अरू जातिका मानिसका माझमा तिनीहरूको चालचलन यस्तो राम्रो होस् कि तिनीहरूले तिमीहरूलाई नराम्रो भनेर दोस्याउँदा तिमीहरूका राम्रा काम चिन्न सकून् अनि परमेश्वरले न्याय गर्न आउनुहुँदा उहाँको प्रशंसा गरून्। प्रभुको आदरको लागि सबै अधिकारीहरूका अधीनमा बस। राजाको अधीनमा बस, जससँग सर्वोच्च अधिकार हुन्छ र अरू कुनै राजकाज चलाउनेहरूका अधीनमा पनि, जो नराम्रा काम गर्नेहरूलाई सजाय दिन र राम्रा गर्नेलाई इज्जत गर्न परमेश्वरबाटै खटाइएका हुन्। मूर्खहरूले नबुझी बोलेका कुराहरू तिमीहरूका राम्रा कामले चुप गराएको परमेश्वर चाहनुहुन्छ। स्वतन्त्र मानिसझैँ बस, तर स्वतन्त्र छु भनेर नराम्रो कामचाहिँ नगर। बरु परमेश्वरको कमारो बन। सबै मानिसको इज्जत गर। विश्वास गर्ने दाजुभाइहरूलाई माया गर। परमेश्वरको डर मान, राजाको आदर गर।
१ पत्रुस 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 2:11-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू