YouVersion लोगो
खोज आइकन

पत्रुसको पहिलो पत्र 2:11-17

पत्रुसको पहिलो पत्र 2:11-17 NERV

प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ। प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्। अनि राज्यपालहरूको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरू पठाइएका हुन्। यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो। मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच। सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।