YouVersion लोगो
खोज आइकन

१ राजाहरू 3:3-9

१ राजाहरू 3:3-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सोलोमन आफैले चाहिँ आफ्‍ना पिता दाऊदले बनाएका धार्मिक-विधानहरूको पालन गर्दै परमप्रभुलाई नै प्रेम देखाए। तर तिनले डाँड़ाका थानहरूमा बलि चढ़ाएर धूप बाले। सोलोमन राजा गिबोनमा बलिदान चढ़ाउनलाई गए, किनकि डाँड़ाका थानहरूमा सबैभन्‍दा मुख्‍य स्‍थान यही थियो। त्‍यहाँ वेदीमा तिनले एक हजार होमबलि चढ़ाए। गिबोनमा परमप्रभु परमेश्‍वर राती सपनामा देखा परेर तिनलाई भन्‍नुभयो, “तिमी मसित जे माग्‍छौ, त्‍यो दिनेछु।” सोलोमनले जवाफ दिए, “तपाईंले आफ्‍नो दास मेरा पिता दाऊदलाई ठूलो दया देखाउनुभयो, किनभने उहाँ तपाईंप्रति विश्‍वासयोग्‍य हुनुहुन्‍थ्‍यो, र धार्मिक र हृदयमा ठीक हुनुहुन्‍थ्‍यो। तपाईंले उहाँप्रति यो ठूलो दया कायम नै गरिरहनुभएको छ, र अब उहाँपछि सिंहासनमा बस्‍नलाई तपाईंले उहाँलाई आज यो दिन एक जना छोरो दिनुभएको छ। “अब हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्‍याउनुभएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्‍य म जान्‍दिनँ। म तपाईंको दास, यहाँ तपाईंले चुन्‍नुभएको तपाईंका प्रजाको बीचमा छु, जो असंख्‍य र अनगिन्‍ती छ। यसकारण तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्‍ने मन आफ्‍नो दासलाई दिनुहोस्, र त्‍यसले असल र खराबको भेद छुट्ट्याउन सकोस्‌। किनकि तपाईंको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्‍छ र?”

शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्

१ राजाहरू 3:3-9 पवित्र बाइबल (NERV)

सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए। राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए। सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।” सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुशरण गर्नुभयो। उहाँ धर्मी अनि ईमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो। परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन। म, तपाईंको दास हुँ अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ। यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्‌याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”

१ राजाहरू 3:3-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सोलोमनले आफ्ना पिता दावीदले दिएका निर्देशनअनुसार हिँडेर याहवेहप्रति आफ्नो प्रेम देखाए। तर तिनले अल्गा देवस्थानहरूमा बलिदान चढाउन र धूप बाल्न भने छोडेनन्। राजा बलिदान चढाउनलाई गिबोनमा गए। किनकि त्यो सबैभन्दा महत्वपूर्ण अल्गो देवस्थान थियो। सोलोमनले त्यस वेदीमाथि एक हजार होमबलि चढाए। गिबोनमा याहवेह राति सपनामा सोलोमनकहाँ देखा पर्नुभयो, र परमेश्‍वरले भन्‍नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।” सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो सेवक, मेरा पिता दावीदमाथि ठूलो दया देखाउनुभएको छ। किनकि उहाँ तपाईंप्रति विश्‍वासयोग्य, धर्मी र हृदयमा सोझो हुनुहुन्थ्यो। तपाईंले आजको दिन उहाँको सिंहासनमा बस्‍नलाई उहाँलाई एउटा छोरा दिनुभएर तपाईंले उहाँप्रतिको यो ठूलो दया कायम राख्नुभएको छ। “अब हे याहवेह मेरा परमेश्‍वर, तपाईंले मेरा पिता दावीदको ठाउँमा आफ्नो सेवकलाई राजा बनाउनुभएको छ। तर म त एउटा सानो बालक मात्र हुँ। अनि आफ्नो कर्तव्य कसरी पालन गर्ने, त्यो पनि जान्दिनँ। यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन। यसकारण तपाईंको सेवकलाई ठिक र बेठीक छुट्याउन सक्ने तपाईंको जातिलाई सही शासन गर्ने समझदार हृदय दिनुहोस्। किनकि कसले तपाईंको यो महान् जातिलाई शासन गर्न सक्छ र?”

शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्

१ राजाहरू 3:3-9 पवित्र बाइबल (NERV)

सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए। राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए। सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।” सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुशरण गर्नुभयो। उहाँ धर्मी अनि ईमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो। परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन। म, तपाईंको दास हुँ अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ। यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्‌याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”

शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्

१ राजाहरू 3:3-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सोलोमनले परमप्रभुलाई प्रेम गर्थे र आफ्‍ना बुबा दाऊदका अर्तिहरू मान्‍दथे। तर उनले पनि विभिन्‍न वेदीमा पशु मारेर बलि चढाउँदथे। एक चोटि बलि चढाउन उनी गिबोनमा गए किनभने त्‍यहाँ सबैभन्दा धेरै नाम चलेको वेदी थियो। बितेका दिनमा उनले त्‍यहाँ एक हजार होमबलिहरू चढाएका थिए। त्‍यस रात परमप्रभुले उनलाई सपनामा दर्शन दिनुभयो र सोध्‍नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्‍छस्?” सोलोमनले उत्तर दिए, “तपाईंले आफ्‍नो सेवक मेरा पिता दाऊदलाई सधैँ औधी माया देखाउनुभयो। उहाँ पनि तपाईंसितको सम्‍बन्‍धमा असल, भक्त र इमानदार हुनुहुन्थ्यो र तपाईंले उहाँलाई एउटा छोरो दिनुभयो, जसले आज उहाँको सट्टामा राज्‍य गर्दै छ र त्‍यसरी उहाँलाई आफ्‍नो महान् र अटुट प्रेम देखाइरहनुभएको छ। हे परमप्रभु परमेश्‍वर! म सानै उमेरको र राजकाज गर्न नजान्‍ने भए पनि तपाईंले मलाई मेरा पिताको सट्टामा राजा बन्‍न दिनुभयो। यहाँ म तपाईंले आफ्‍नो निज प्रजा चुन्‍नुभएको जनका माझमा छु, जसको सङ्‍ख्‍या यति धेरै छ कि तिनीहरूको लेखा लिन सकिँदैन। यसकारण तपाईंका प्रजालाई न्‍यायसित राज्य गर्ने बुद्धि मलाई दिनुहोस्, र त्यसले असल र खराब छुट्ट्याउन सकोस्। नत्र कसरी म यो तपाईंको महान् जातिलाई शासन गर्न सकूँला?”

शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्