YouVersion लोगो
खोज आइकन

१ राजा 3:3-9

१ राजा 3:3-9 सरल नेपाली

सोलोमनले परमप्रभुलाई प्रेम गर्थे र आफ्‍ना बुबा दाऊदका अर्तिहरू मान्‍दथे। तर उनले पनि विभिन्‍न वेदीमा पशु मारेर बलि चढाउँदथे। एक चोटि बलि चढाउन उनी गिबोनमा गए किनभने त्‍यहाँ सबैभन्दा धेरै नाम चलेको वेदी थियो। बितेका दिनमा उनले त्‍यहाँ एक हजार होमबलिहरू चढाएका थिए। त्‍यस रात परमप्रभुले उनलाई सपनामा दर्शन दिनुभयो र सोध्‍नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्‍छस्?” सोलोमनले उत्तर दिए, “तपाईंले आफ्‍नो सेवक मेरा पिता दाऊदलाई सधैँ औधी माया देखाउनुभयो। उहाँ पनि तपाईंसितको सम्‍बन्‍धमा असल, भक्त र इमानदार हुनुहुन्थ्यो र तपाईंले उहाँलाई एउटा छोरो दिनुभयो, जसले आज उहाँको सट्टामा राज्‍य गर्दै छ र त्‍यसरी उहाँलाई आफ्‍नो महान् र अटुट प्रेम देखाइरहनुभएको छ। हे परमप्रभु परमेश्‍वर! म सानै उमेरको र राजकाज गर्न नजान्‍ने भए पनि तपाईंले मलाई मेरा पिताको सट्टामा राजा बन्‍न दिनुभयो। यहाँ म तपाईंले आफ्‍नो निज प्रजा चुन्‍नुभएको जनका माझमा छु, जसको सङ्‍ख्‍या यति धेरै छ कि तिनीहरूको लेखा लिन सकिँदैन। यसकारण तपाईंका प्रजालाई न्‍यायसित राज्य गर्ने बुद्धि मलाई दिनुहोस्, र त्यसले असल र खराब छुट्ट्याउन सकोस्। नत्र कसरी म यो तपाईंको महान् जातिलाई शासन गर्न सकूँला?”

१ राजा 3 पढ्नुहोस्