सोलोमन आफैले चाहिँ आफ्ना पिता दाऊदले बनाएका धार्मिक-विधानहरूको पालन गर्दै परमप्रभुलाई नै प्रेम देखाए। तर तिनले डाँड़ाका थानहरूमा बलि चढ़ाएर धूप बाले। सोलोमन राजा गिबोनमा बलिदान चढ़ाउनलाई गए, किनकि डाँड़ाका थानहरूमा सबैभन्दा मुख्य स्थान यही थियो। त्यहाँ वेदीमा तिनले एक हजार होमबलि चढ़ाए। गिबोनमा परमप्रभु परमेश्वर राती सपनामा देखा परेर तिनलाई भन्नुभयो, “तिमी मसित जे माग्छौ, त्यो दिनेछु।” सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो दास मेरा पिता दाऊदलाई ठूलो दया देखाउनुभयो, किनभने उहाँ तपाईंप्रति विश्वासयोग्य हुनुहुन्थ्यो, र धार्मिक र हृदयमा ठीक हुनुहुन्थ्यो। तपाईंले उहाँप्रति यो ठूलो दया कायम नै गरिरहनुभएको छ, र अब उहाँपछि सिंहासनमा बस्नलाई तपाईंले उहाँलाई आज यो दिन एक जना छोरो दिनुभएको छ। “अब हे परमप्रभु मेरा परमेश्वर, तपाईंले आफ्नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्याउनुभएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिनँ। म तपाईंको दास, यहाँ तपाईंले चुन्नुभएको तपाईंका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस्, र त्यसले असल र खराबको भेद छुट्ट्याउन सकोस्। किनकि तपाईंको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र?”
१ राजाहरू 3 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 3:3-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू