YouVersion लोगो
खोज आइकन

1राजाहरू 3:3-9

1राजाहरू 3:3-9 NCV

सोलोमनले आफ्ना पिता दावीदले दिएका निर्देशनअनुसार हिँडेर याहवेहप्रति आफ्नो प्रेम देखाए। तर तिनले अल्गा देवस्थानहरूमा बलिदान चढाउन र धूप बाल्न भने छोडेनन्। राजा बलिदान चढाउनलाई गिबोनमा गए। किनकि त्यो सबैभन्दा महत्वपूर्ण अल्गो देवस्थान थियो। सोलोमनले त्यस वेदीमाथि एक हजार होमबलि चढाए। गिबोनमा याहवेह राति सपनामा सोलोमनकहाँ देखा पर्नुभयो, र परमेश्‍वरले भन्‍नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।” सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो सेवक, मेरा पिता दावीदमाथि ठूलो दया देखाउनुभएको छ। किनकि उहाँ तपाईंप्रति विश्‍वासयोग्य, धर्मी र हृदयमा सोझो हुनुहुन्थ्यो। तपाईंले आजको दिन उहाँको सिंहासनमा बस्‍नलाई उहाँलाई एउटा छोरा दिनुभएर तपाईंले उहाँप्रतिको यो ठूलो दया कायम राख्नुभएको छ। “अब हे याहवेह मेरा परमेश्‍वर, तपाईंले मेरा पिता दावीदको ठाउँमा आफ्नो सेवकलाई राजा बनाउनुभएको छ। तर म त एउटा सानो बालक मात्र हुँ। अनि आफ्नो कर्तव्य कसरी पालन गर्ने, त्यो पनि जान्दिनँ। यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन। यसकारण तपाईंको सेवकलाई ठिक र बेठीक छुट्याउन सक्ने तपाईंको जातिलाई सही शासन गर्ने समझदार हृदय दिनुहोस्। किनकि कसले तपाईंको यो महान् जातिलाई शासन गर्न सक्छ र?”

1राजाहरू 3 पढ्नुहोस्