YouVersion लोगो
खोज आइकन

१ राजाहरू 2:1-12

१ राजाहरू 2:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब दाऊदको मर्ने बेला नजिक आयो, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई यो आखिरी जिम्‍मा दिए। “संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ, र परमप्रभु आफ्‍ना परमेश्‍वरतिरको आफ्‍नो कर्तव्‍य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्‍यवस्‍थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्‍छौ, त्‍यसमा तिम्रो उन्‍नति होस्, र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्‌: ‘यदि तेरा सन्‍तानले आफू कसरी रहनुपर्छ भनी ध्‍यान गरे र यदि तिनीहरू आफ्‍ना पूरा हृदय र प्राणले मेरो दृष्‍टिमा विश्‍वासपूर्वक हिँड़े भने, इस्राएलको सिंहासनमा विराजमान हुनलाई तँलाई उत्तराधिकारीको कहिल्‍यै अभाव हुनेछैन’। “सरूयाहको छोरो योआबले मलाई के गर्‍यो— इस्राएलका दुई सेनापतिहरू नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई त्‍यसले के गर्‍यो यो कुरा तिमी आफैलाई थाहै छ। लड़ाइँको समयमा झैँ शान्‍तिकै अवस्‍थामा छँदा पनि त्‍यसले तिनीहरू दुवैलाई मार्‍यो। त्‍यही रगतले आफ्‍ना पटुका र खुट्टाका जुत्तालाई कलङ्कित पार्‍यो। तिम्रो बुद्धिले जे-जस्‍तो बताउँछ, त्‍यहीअनुसार त्‍यससित व्‍यवहार गर, तर त्‍यसको फुलेको कपाल शान्‍तिसित चिहानमा नजाओस्‌। “तर गिलादका बर्जिल्‍लैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबिलमा खानेहरूमध्‍ये होऊन्‌। तिम्रो दाजु अब्‍शालोमबाट म भागी हिँड्‌दा तिनीहरू मसितै रहिरहे। “अनि तिमीसँग भएको बहूरीमको बेन्‍यामीनी गेराको छोरो शिमीलाई याद राख्‍नू। म महनोममा गएको दिन त्‍यसले मलाई खूबै सरापेको थियो। जब त्‍यो यर्दन नदीमा मलाई भेट्‌न आयो, तब ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाउँमा शपथ खाएँ। तर अब त्‍यसलाई तिमीले निर्दोष नसम्‍झ। तिमी बुद्धिमान्‌ मानिस छौ र त्‍यसलाई कस्‍तो व्‍यवहार गर्नुपर्छ सो तिमीले जान्‍नेछौ। त्‍यसको फुलेको कपाल चिहानमा रगतैसँग जाओस्‌।” तब दाऊद आफ्‍ना पित्रहरूसित सुत्‍न गए, र दाऊदको सहरमा गाड़िए। तिनले इस्राएलमा चालीस वर्षसम्‍म राज्‍य गरे— सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा। अनि सोलोमन आफ्‍ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन सुदृढ़सित स्‍थापित भयो।

शेयर गर्नुहोस्
१ राजाहरू 2 पढ्नुहोस्

१ राजाहरू 2:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

दावीदको मृत्युको समय नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आदेश दिए। तिनले यसो भने, “म संसारको नियमअनुसार जान लागिरहेको छु। यसकारण तँ बलियो हुनू, र आफैँलाई पुरुषार्थी बनाउनू। याहवेह तेरा परमेश्‍वरले चाहनुभएका सबै कुरा पालन गर्नू: उहाँमा आज्ञाकारी हुनू, र मोशाको व्यवस्थामा लेखिएझैँ, उहाँका सबै उर्दीहरू र आदेशहरू, उहाँका नियमहरू अनि विधिहरू पालन गर्नू; ताकि तैँले जे गर्छस्, र तँ जहाँ जान्छस्, त्यहाँ तेरो उन्‍नति होस्। तब याहवेहले ‘तेरा सन्तानहरू होसियारीसाथ हिँडे भने र मेरो सामु आफ्ना सारा हृदय र प्राणले विश्‍वासयोग्य भएर हिँडे भने तँलाई इस्राएलको सिंहासनमाथि बस्‍ने मानिसको अभाव हुनेछैन’ भनी मसित गर्नुभएको प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ। “सरूयाहका छोरा योआबले मलाई र इस्राएलका दुई सेनापति नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई के गर्‍यो, त्यो तँलाई थाहै छ। त्यसले लडाइँको समयमा जस्तै गरेर, शान्तिकै समयमा तिनीहरूको रगत बगाएर तिनीहरूलाई मार्‍यो अनि त्यो रगतले आफ्नो कम्मरपेटी र खुट्टाका जुत्ता रङ्गायो। त्यससित आफ्नो बुद्धिअनुसार व्यवहार गर्नू, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्। “तर गिलादमा हुने बर्जिल्‍लैका छोराहरूप्रति दया देखाउनू र तिनीहरू तँसित तेरो टेबुलमा खानेहरूमध्येकै होऊन्। तेरा दाजु अब्शालोम मदेखि भागेर जाँदा तिनीहरू मेरो पक्षमा थिए। “यो याद राख्नू, म महनाइममा गएको दिन बहूरीमको बेन्यामीनी गेराको छोरा शिमीले मलाई सराप्नुसम्म सरापेको थियो। जब त्यो मलाई यर्दनमा भेट्न आयो, तब मैले त्यससित याहवेहको नाममा ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी शपथ खाएँ। तर अब त्यसलाई निर्दोष नठान्‍नू। तँ बुद्धिमान् मानिस होस्। त्यसलाई के गर्नुपर्छ, सो तैँले जान्‍नेछस्। त्यसको शिर रगतसितै चिहानमा जाओस्।” तब दावीद आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र दावीदको सहरमा गाडिए। तिनले इस्राएलमाथि चालीस वर्षसम्म राज्य गरे—सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा। यसरी सोलोमन आफ्ना पिता दावीदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित भयो।

शेयर गर्नुहोस्
१ राजाहरू 2 पढ्नुहोस्

१ राजाहरू 2:1-12 पवित्र बाइबल (NERV)

दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने, “सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस। अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्। यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।’” दाऊदले यो पनि भने, “तँलाई थाहै छ, सरूयाहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अबनेर अनि येतेरको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रगतले उसको तरवारको बेंड पटुका र खुट्टाको जुत्ता रंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्थो। तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ। उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु। “गिलादको बर्जिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए। “अनि याद गर, गेरका छोरा शिमी अझै यहीं छन्। उनी बहूरीमको बिन्यामीन कुल समूह हुन्। याद गर, म महनेमतिर भागेको दिन उनले मेरो विरूद्धमा नराम्रो कुरा भनेका थिए। तब उनी मसित भेट गर्न यर्दन नदीमा आएका थिए। तब मैले उनलाई वचन दिएको थिएँ। मैले परमेश्वर सामु प्रतिज्ञा गरेको थिएँ म शिमीलाई मार्दिन। अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।” तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो। दाऊदले इस्राएलमा 40 बर्ष शासन चलाए। उनले हेब्रोनमा सात बर्ष अनि यरूशलेममा 33 बर्ष शासन गरे। अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले।

शेयर गर्नुहोस्
१ राजाहरू 2 पढ्नुहोस्

१ राजाहरू 2:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आफू मर्ने बेला हुँदा दाऊदले आफ्‍नो छोरो सोलोमनलाई बोलाएर आफ्‍ना अन्‍तिम अर्तिहरू यसरी दिए: “मेरो मर्ने बेला भयो। भरोसा राख र सङ्कल्‍प गर र परमप्रभु तिम्रा परमेश्‍वरले जे आज्ञा गर्नुहुन्‍छ, ती मान। मोशाका व्‍यवस्‍थामा लेखिएका सबै उहाँका नियम र आज्ञाहरू पालन गर र तिमी जहाँ गए पनि तिमीले जे कुरामा हात हाल्‍नेछौ, त्‍यसमा तिम्रो फलिफाप हुनेछ। तिमीले उहाँका आज्ञाहरू पालन गर्‍यौ भने मेरो सन्‍तानले सावधान भई उहाँका आज्ञाहरू आफ्‍ना पूरा हृदय र मनले विश्‍वाससित जबसम्‍म पालन गर्लान्, तबसम्‍म तिनीहरूले इस्राएलमा राज्‍य गर्नेछन् भनी परमप्रभुले मलाई दिनुभएको प्रतिज्ञा उहाँले कायम राख्‍नुहुनेछ। “त्‍यसबाहेक अरू कुरा पनि छ। योआबले मसित कस्‍तो व्‍यवहार गरेको थियो, त्‍यसले कसरी इस्राएलका दुई सेनापतिहरू नेरको छोरो अबनेर र येतेरको छोरो अमासालाई मारेको थियो, त्‍यो तिमीलाई याद छ। ती दुई सेनापतिहरूले लडाइँको समयमा मानिसहरू मारेका थिए तर योआबले मिलापको समयमा बदला लिएर तिनीहरूलाई मारेको थियो भनी तिमीलाई थाहा हुनुपर्छ। त्‍यसले निर्दोष मानिसहरूलाई मारेको थियो र त्‍यसको जिम्‍मेवार अहिले म भएको छु र त्‍यसको फल भोग्‍दै छु। यसबारे के गर्नुपर्छ, त्‍यो तिमी जान्‍दछौ। त्‍यसलाई शान्‍तिसित मर्न नदेऊ। “तर गिलादका बर्जिल्‍लैका छोराहरूलाई दया देखाउनू र तिनीहरूको हेरचाहा गर्नू। म तिम्रा दाजु अब्‍शालोमदेखि भागेर जाँदा तिनीहरूले ममाथि दया गरेका थिए। “बेन्‍यामीन देशका बहुरीम सहरबाट आएका गेराको छोरो शिमीलाई पनि नभुल्‍नू। म महनोममा गएको दिन त्‍यसले मलाई खुब सरापेको थियो। तर जब त्‍यसले मलाई यर्दन नदीछेउ भेटेको थियो, मैले परमप्रभुको नाउँमा त्‍यसलाई तँ मारिनेछैनस् भनी एउटा गम्‍भीर प्रतिज्ञा गरेको थिएँ। तर तिमीले त्‍यसलाई दण्‍ड नदिई नछोड्‍नू। के गर्नुपर्छ, त्‍यो तिमी जान्‍दछौ। त्‍यसलाई मार्ने प्रबन्‍ध गर्नू।” दाऊद मरे र दाऊदको सहरमा गाडिए। सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा गरेर जम्‍मा चालीस वर्ष उनले इस्राएलमा राज्‍य गरेका थिए। दाऊदपछि सोलोमन राजा भए र उनको राजकिय शक्ति दरिलो प्रकारले कायम भयो।

शेयर गर्नुहोस्
१ राजाहरू 2 पढ्नुहोस्