१ कोरिन्थी 16:10-24
१ कोरिन्थी 16:10-24 पवित्र बाइबल (NERV)
तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्। यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु। अब हाम्रा भाइ अपोल्लोसको बारेमाः मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्। सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हौ र दृढ बन। हरेक कुरो प्रेमपूर्वक गर। तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखैयामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पेकाछन्। प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड। स्तिफनस, फोर्टुनाटस, र अखाइकस आएकामा म हर्षित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्। तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ। एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्। यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ। म पावलले यो मेरो शुभेच्छा, म आफ्नैं हातले लेख्दैछु। जसले परमेश्वरलाई प्रेम गर्दैन, ऊ श्रापित होस्। हे प्रभु, आउनु होस्! प्रभु येशूको अनुग्रह तिमीहरूसित रहोस्। ख्रीष्ट येशूमा हुने तिमीहरू सबै प्रति मेरो प्रेम!
१ कोरिन्थी 16:10-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमोथी तिमीहरूकहाँ आउँदा तिनलाई तिमीहरूका साथ निष्फिक्री बस्न देओ। किनकि तिनले पनि मैले जस्तै प्रभुको काम गरिरहेछन्। यसकारण कसैले तिनको अवहेलना नगरोस्। तर शान्तिसँग तिनलाई आफ्नो यात्रामा पठाइदेओ, र तिनी मकहाँ आऊन्। किनभने भाइहरूसँग आउँछन् भनी म तिनको प्रतीक्षा गर्दछु। अब भाइ अपोल्लोसको विषयमा मलाई यो भन्नु छ, कि मैले तिनलाई अरू भाइहरूसँग मिली तिमीहरूसँग भेटघाट गर्ने निक्कै आग्रह गरेथें, तर अहिले आउन तिनलाई बिलकुलै इच्छा भएन। तर मौका पाउनासाथ तिनी आउनेछन्। सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन। जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्। भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्तिफनासका घराना अखैयामा विश्वास गर्नेहरूमा प्रथम हुन्। तिनीहरूले सन्तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्। यस्ताहरू र यस्तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु। स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित भएँ, किनकि तिमीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए। किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई पनि उत्साहित तुल्याए। यस्ता मानिसहरूको कदर गर। एशियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएका मण्डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्। सबै भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्। हे हाम्रा प्रभु, आउनुहोस्! प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग होस्। ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन।
१ कोरिन्थी 16:10-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमोथी तिमीहरूकहाँ आउनेछन्, तिनी तिमीहरूसँग रहँदा निडरसाथ रहन सकून्; किनकि मैले गरेजस्तै तिनले पनि प्रभुको काम गरिरहेका छन्। अनि कसैले पनि तिनलाई अवहेलना नगरून्। तिनलाई शान्तिसँग आफ्नो यात्रामा पठाइदेओ, ताकि तिनी मकहाँ फर्केर आऊन्। तिनी अरू भाइहरूसँग आउँछन् भन्ने मैले आशा गरिरहेको छु। अब हाम्रा भाइ अपोल्लोसको विषयमा: मैले तिनलाई अरू भाइहरूसँग तिमीहरूकहाँ जाऊन् भनी धेरै आग्रह गरेँ। अहिले तिनको आउने चाहना पक्का छैन, तर जब तिनले मौका पाउँछन्, तब तिनी आउनेछन्। तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ। सबै कुरा प्रेमसाथ गरिएका होऊन्। हे विश्वासीहरू हो, तिमीहरू जान्दछौ, स्तिफनसको घराना अखैयाको पहिलो फल हुन्। तिनीहरूले प्रभुको जनहरूका सेवामा आफैँलाई अर्पण गरेका छन्। दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई विनम्र आग्रह गर्दछु, कि यस्ता मानिसहरू र यस्तै परिश्रम गर्ने हरेकको अधीनमा बस। जब स्तिफनस, फोर्टुनाटस र अखाइकस मकहाँ आए, तब म आनन्दित भएँ; किनभने तिमीहरूबाट भएको कमीलाई तिनीहरूले पूरा गरिदिएका छन्। तिनीहरूका कारण मेरो र तिमीहरूका आत्मालाई पनि शीतल पारिदिएका छन्। यस्ता मानिसहरू आदर पाउने योग्यका हुन्। एशियाको प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला, प्रिस्किला र तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई प्रभुमा न्यानो अभिवादन पठाएका छन्। यहाँ भएका सबै दाजुभाइ-दिदीबहिनीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्! हे हाम्रा प्रभु, आउनुहोस्! प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्। ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्! आमेन।

१ कोरिन्थी 16:10-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूकहाँ तिमोथी आए भने उनलाई कुनै किसिमको अप्ठ्यारो हुन नदिनू किनभने मैलेझैँ उनी पनि प्रभुका लागि काम गर्दछन्। कसैले पनि उनलाई हेला नगरोस्। मकहाँ आउँदा उनलाई राम्ररी सहायता गर किनभने विश्वासी भाइहरू र म उनको बाटो हेरिरहेको छु। अपोल्लोस भाइलाई ख्रीष्टिय दाजुभाइहरूलाई सँगै लिएर तिमीहरूकहाँ निक्लिदेओ भनेर धेरै बिन्ती गरेको थिएँ। तर उनी अहिलेचाहिँ त्यहाँ आउन सकेनन्। पछि मौका मिले उनी आउनेछन्। होशियार भएर विश्वासमा दिगो बस। साहसिलो र बलियो होओ। सबै काम प्रेमसँग गर। तिमीहरू स्तिफनस र उनको परिवारलाई चिन्छौ। उनीहरू अखैयामा भएका सबैभन्दा पहिला विश्वासीहरू हुन्। उनीहरूले ख्रीष्टका पवित्र जनहरूका लागि आफ्ना जीवन नै दिएका छन्। भाइहरू, म तिमीहरूलाई बिन्ती गर्छु, यस्ता मानिसहरूले भनेको मान। यस्तै सेवा गर्ने र साथ दिनेहरू अरूले पनि भनेको मान। स्तिफनास, फोर्टुनाटस र अखाइकस आउँदा म धेरै खुसी भएँ किनभने उनीहरूले तिमीहरू नहुँदाको कमी पूरा गरेका छन्। तिमीहरू नहुँदाको न्यास्रोपन हराएको छ। उनीहरूले तिमीहरूलाई जस्तै मलाई पनि आनन्द दिएका छन्। तिमीहरूले यस्ता मानिसहरूको इज्जत गर्नुपर्छ। एशियाका मण्डलीहरूको तर्फबाट तिमीहरूलाई अभिवादन छ। अकिलास र प्रिस्काले र उनीहरूका घरमा जम्मा हुने मण्डलीले तिमीहरूलाई प्रभुमा सादर अभिवादन पठाएका छन्। तिमीहरूलाई सबै ख्रीष्टिय दाजुभाइहरूले अभिवादन पठाएका छन्। तिमीहरूले पनि एक-अर्कालाई प्रेमसाथ अभिवादन गर। मेरो आफ्नो अभिवादनचाहिँ आफ्नै हातले लेख्दै छु। प्रभुलाई कसैले माया गर्दैन भने उसलाई धिक्कार होस्। हे प्रभु, आउनुहोस्। प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्। ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन।