YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 16:10-24

1 कोरिन्थी 16:10-24 NCV

जब तिमोथी तिमीहरूकहाँ आउनेछन्, तिनी तिमीहरूसँग रहँदा निडरसाथ रहन सकून्; किनकि मैले गरेजस्तै तिनले पनि प्रभुको काम गरिरहेका छन्। अनि कसैले पनि तिनलाई अवहेलना नगरून्। तिनलाई शान्तिसँग आफ्नो यात्रामा पठाइदेओ, ताकि तिनी मकहाँ फर्केर आऊन्। तिनी अरू भाइहरूसँग आउँछन् भन्‍ने मैले आशा गरिरहेको छु। अब हाम्रा भाइ अपोल्‍लोसको विषयमा: मैले तिनलाई अरू भाइहरूसँग तिमीहरूकहाँ जाऊन् भनी धेरै आग्रह गरेँ। अहिले तिनको आउने चाहना पक्‍का छैन, तर जब तिनले मौका पाउँछन्, तब तिनी आउनेछन्। तिमीहरू सतर्क रहो; विश्‍वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ। सबै कुरा प्रेमसाथ गरिएका होऊन्। हे विश्‍वासीहरू हो, तिमीहरू जान्दछौ, स्तिफनसको घराना अखैयाको पहिलो फल हुन्। तिनीहरूले प्रभुको जनहरूका सेवामा आफैँलाई अर्पण गरेका छन्। दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई विनम्र आग्रह गर्दछु, कि यस्ता मानिसहरू र यस्तै परिश्रम गर्ने हरेकको अधीनमा बस। जब स्तिफनस, फोर्टुनाटस र अखाइकस मकहाँ आए, तब म आनन्दित भएँ; किनभने तिमीहरूबाट भएको कमीलाई तिनीहरूले पूरा गरिदिएका छन्। तिनीहरूका कारण मेरो र तिमीहरूका आत्मालाई पनि शीतल पारिदिएका छन्। यस्ता मानिसहरू आदर पाउने योग्यका हुन्। एशियाको प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला, प्रिस्किला र तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई प्रभुमा न्यानो अभिवादन पठाएका छन्। यहाँ भएका सबै दाजुभाइ-दिदीबहिनीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्! हे हाम्रा प्रभु, आउनुहोस्! प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्। ख्रीष्‍ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्! आमेन।

1 कोरिन्थी 16 पढ्नुहोस्