YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 16

16
परमेश्‍वरका जनहरूका निम्ति भेटी सङ्कलन
1अब प्रभुका जनहरूका निम्ति भेटी सङ्कलनको विषयमा बोल्न चाहन्छु: मैले गलातियाका मण्डलीहरूलाई जे गर्नु भनेको छु, त्यस्तै तिमीहरूले गर। 2हरेक हप्‍ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो कमाइअनुसार केही रकम छुट्याएर जम्मा गरी राखोस्, ताकि जब म आउँदाखेरि भेटी सङ्कलन गर्ने कार्य नहोऊन्। 3जब म आउँछु, तब तिमीहरूले चुनेका मानिसहरूलाई म परिचय-पत्र दिनेछु र तिनीहरूलाई तिमीहरूले सङ्कलन गरेको भेटीसँग यरूशलेम पठाउनेछु। 4यदि म जानु उचित देखिन्छ भने, तिनीहरू मसँगै जानेछन्।
व्यक्‍तिगत निवेदन
5म्यासिडोनिया भएर गएपछि म तिमीहरूकहाँ आउनेछु—किनकि म त्यो बाटो भएर जानेछु। 6शायद म तिमीहरूसँग केही समय बिताउनेछु वा पूरै हिउँद पनि बिताउँन सक्छु, ताकि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा सहयोग गर्न सक्नेछौ। 7म अहिले तिमीहरूलाई छोटो समयका लागि मात्र भेटेर गइहाल्नका लागि होइन, तर यदि प्रभुले अनुमति दिनुभयो भने म तिमीहरूसँग केही समयसम्म रहने आशा राख्छु। 8तर म एफिससमा पेन्टिकोसको पर्वसम्म बस्‍नेछु, 9किनभने प्रभावकारी कामको लागि मेरो निम्ति ठूलो ढोका खोलिएको छ, तर मेरो विरोध गर्ने पनि त्यहाँ धेरै छन्।
10जब तिमोथी तिमीहरूकहाँ आउनेछन्, तिनी तिमीहरूसँग रहँदा निडरसाथ रहन सकून्, किनकि मैले जस्तै तिनले पनि प्रभुको काम गरिरहेका छन्। 11अनि कसैले पनि तिनलाई अवहेलना नगरून्। तिनलाई शान्तिसँग आफ्नो यात्रामा पठाइदेओ, ताकि तिनी मकहाँ फर्केर आऊन्। तिनी अरू भाइहरूसँग आउँछन् भन्‍ने मैले आशा गरिरहेको छु।
12अब हाम्रा भाइ अपोल्‍लोसको विषयमा: मैले तिनलाई अरू भाइहरूसँग तिमीहरूकहाँ जाऊन् भनी धेरै आग्रह गरें। अहिले तिनको आउने चाहना बिलकुलै छैन, तर जब तिनले मौका पाउँछन्, तब तिनी आउनेछन्।
13तिमीहरू सतर्क रहो; विश्‍वासमा स्थिर रहो; निडर होओ र बलियो होओ। 14सबै कुरा प्रेमसाथ गर।
15तिमीहरू जान्दछौ कि अखैयामा स्तिफनसको घराना नै पहिलो विश्‍वासी घरानाहो। तिनीहरूले प्रभुका जनहरूको सेवामा आफूलाई अर्पण गरेका छन्। दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई विनम्र आग्रह गर्दछु, 16कि यस्ता मानिसहरू र यस्तै काममा उनीहरूलाई सघाउन परिश्रम गर्ने हरेक मानिसहरूको अधीनतामा बस। 17जब स्तिफनस, फोर्टुनाटस र अखाइकस मकहाँ आए, म खुशी भएको थिएँ, किनभने तिनीहरूले तिमीहरूबाट भएको कमीलाई पूरा गरिदिएका छन्। 18तिनीहरूका कारण मेरो र तिमीहरूका आत्मा ताजा भएको छ। यस्ता मानिसहरू मान्यता पाउने योग्यका हुन्।
अन्तिम अभिवादन
19एशियाको#16:19 एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही शहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो। प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
अक्विला, प्रिस्किला र तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई प्रभुमा न्यानो अभिवादन पठाएका छन्।
20यहाँ भएका सबै दाजुभाइ-दिदीबहिनीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
एक-अर्कालाई पवित्र चुम्बनले अभिवादन गर।
21म पावल आफ्नै हातले यो अभिवादन लेख्दैछु।
22यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने, त्यो श्रापित होस्! हे हाम्रा प्रभु, आउनुहोस्!
23प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्।
24ख्रीष्‍ट येशूमा मेरो प्रेम तिमीहरू सबैलाई छ। आमेन!

अहिले सेलेक्ट गरिएको:

1 कोरिन्थी 16: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्