YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 1:1-17

१ कोरिन्थी 1:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्‍थेनेसबाट, कोरिन्‍थमा भएका परमेश्‍वरको मण्‍डलीलाई जो ख्रीष्‍ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्‍थानमा सन्‍त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्‍टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्‍छ: परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति। ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएका परमेश्‍वरका अनुग्रहको कारण तिमीहरूका निम्‍ति म परमेश्‍वरमा सधैँ धन्‍यवाद चढ़ाउँछु। किनकि हरप्रकारले, अर्थात्‌ सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ— किनकि ख्रीष्‍टको विषयमा हाम्रो गवाही तिमीहरूमा सुदृढ़ भएको छ— ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्‍मिक वरदानको अभाव हुँदैन। हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा तिमीहरूलाई दोषरहित राख्‍न उहाँले तिमीहरूलाई अन्‍त्‍यसम्‍मै सुदृढ़ राख्‍नुहुनेछ। परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको सङ्गतिमा तिमीहरू बोलाइयौ। अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्‌। तर तिमीहरू एकै मन र एकै विचारका होओ। किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्‍ने कुरा क्‍लोएका परिवारहरूले मलाई खबर दिएका छन्‌। मेरो भनाईको तात्‍पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्‍लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ अरे। के ख्रीष्‍ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्‍ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्‍तिस्‍मा भयौ र? म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, कि मैले तिमीहरूमध्‍ये क्रिस्‍पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्‍मा दिएको छैनँ। यसकारण मेरो नाउँमा बप्‍तिस्‍मा भयौ भनी तिमीहरू कसैले भन्‍न पाउनेछैनौ। (हो, मैले स्‍तिफनासको परिवारलाई पनि बप्‍तिस्‍मा दिएँ। यस उप्रान्‍त, मैले अरू कसैलाई बप्‍तिस्‍मा दिएँ कि दिइनँ, त्‍यो मलाई थाहा छैन।) किनभने बप्‍तिस्‍मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्‍टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:1-17 पवित्र बाइबल (NERV)

पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशूको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि। कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ। हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ। ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ। यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन पर्खिरहुन्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन। येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन। परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित सँगती गर्नु बोलाउनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ। मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगड़ा छ। मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मान्छु,” कसैले “म अपोल्लोसलाई मान्छु,” कसैले “म केफासलाई मान्छु,” अनि कसैले, “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे। ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ! म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन। म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन। हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन। ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएको र हाम्रो भाइ सोस्थेनसबाट, कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ: हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति! परमेश्‍वरको अनुग्रह ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। किनकि तिमीहरू उहाँमा हरेक प्रकारले धनी बनाइएका छौ—सबै प्रकारका वचनमा र सारा ज्ञानमा तिमीहरू उहाँमा धनी बनाइएका छौ। तिमीहरूका बीचमा ख्रीष्‍टबारे हाम्रो गवाही पक्‍का भएको छ। यसकारण हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी हुनेछैन। उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष ठहरिन सक। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टसँगको सङ्गतिमा तिमीहरूलाई बोलाउनुभएको छ। दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू एक-अर्काका कुरामा सहमत होओ, र तिमीहरूका बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै विचारमा पूर्ण रूपमा एक होओ। मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, क्लोएका घरानाबाट कसैले मलाई खबर दिएको छ कि, तिमीहरूका बीचमा झैझगडा छ। मैले भन्‍न चाहेको कुरा यो हो, तिमीहरूमध्ये कसैले, “म पावलको हुँ” अर्कोले “म अपोल्‍लोसको हुँ” अनि अर्कोले, “म पत्रुसको हुँ” अझ अर्कोले चाहिँ, “म ख्रीष्‍टको हुँ” भन्छौ रे। के ख्रीष्‍ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्‍तिस्मा लिएका थियौ र? म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ। यसकारण तिमीहरू कसैले पनि मेरो नाममा बप्‍तिस्मा लिएको हो भनी भन्‍न सक्दैनौ। हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्‍तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्‍तिस्मा दिएको मलाई थाहा छैन। किनकि ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरको आफ्‍नै इच्‍छाबाट येशू ख्रीष्‍टको दूत हुन बोलाइएको म पावल र सोस्‍थेनेस भाइबाट कोरिन्‍थमा भएको परमेश्‍वरको ख्रीष्‍टिय-मण्‍डलीलाई, ख्रीष्‍ट येशूमा पवित्र बनाइएका र ख्रीष्‍टको पवित्र जन हुन बोलाइएकाहरूलाई, येशू ख्रीष्‍टसँगको संगतिले उहाँका भएकाहरू र चारैतिरबाट हाम्रा र तिनीहरूका प्रभु येशू ख्रीष्‍टको नाउँ पुकार्नेहरूलाई यो लेख्‍दै छौं। हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्। तिमीहरूको लागि साथै ख्रीष्‍ट येशूमा परमेश्‍वरले तिमीहरूलाई गर्नुभएको अनुग्रहको लागि पनि म उहाँलाई सधैँभरि धन्‍यवाद चढाउँछु किनभने ख्रीष्‍टमा तिमीहरू सबै कुराले धनी भएका छौ। त्‍यसैले तिमीहरूमा बोल्‍ने शक्ति र सबै कुरा भन्‍न सक्‍ने ज्ञान छ किनभने ख्रीष्‍टको बारेमा दिएको गवाही सत्‍य हो भनी परमेश्‍वरले तिमीहरूमा प्रमाण गर्नुभयो। त्‍यही कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको बाटो हेर्दा तिमीहरूलाई कुनै पनि वरदानको अभाव छैन। हाम्रा प्रभु येशू ख्रीष्‍ट आउने दिनमा तिमीहरू निर्दोष होओ भनेर उहाँले तिमीहरूलाई आखिरिसम्‍म दरिलो बनाउनुहुनेछ। परमेश्‍वर भरपर्दो हुनुहुन्‍छ। उहाँले नै आफ्‍ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टसँग रहन तिमीहरूलाई बोलाउनुभयो। प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई बिन्‍ती गर्दछु, तिमीहरू एक होओ, तिमीहरूका बीचमा फाटो नहोस् र एकै मनको र एउटै उद्देश्‍यमा लाग्‍ने होओ किनभने मैले केही कुरा तिमीहरूको बारेमा क्‍लोएको घरानाबाट सुनेको छु कि तिमीहरूका बीचमा झगडा छ रे। मैले सुनेको कुरो यो हो कि तिमीहरू कोही ‘म पावलको हुँ’ त्‍यस्‍तै ‘कोही अपोल्‍लोसको’ कोही ‘पत्रुसको’ अनि कोही ‘ख्रीष्‍टको हुँ’ भन्‍छौ रे। के ख्रीष्‍ट टुक्रिनुभएको छ? के पावल तिमीहरूका लागि क्रूसमा बलि भएको थियो? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्‍मा लियौ? परमेश्‍वरलाई धन्‍यवाद होस्, क्रिस्‍पस र गायसबाहेक अरू कसैलाई मैले बप्‍तिस्‍मा दिइनँ। त्‍यसो हुँदा मैले आफ्‍नो चेला बनाउन तिमीहरू कसैलाई पनि बप्‍तिस्‍मा दिएँ भनी कसैले भन्‍न सक्‍दैन। हो, मैले स्‍तिफनसका घरानालाई पनि बप्‍तिस्‍मा दिएँ। यसबाहेक मैले कसैलाई बप्‍तिस्‍मा दिएको थाहा छैनँ। ख्रीष्‍टले मलाई बप्‍तिस्‍मा दिन होइन, सुसमाचार प्रचार गर्न खटाउनुभएको हो। प्रचारमा मैले बोलीको बठ्याइँ चलाइनँ, नत्रता क्रूसमा भएको ख्रीष्‍टको बलिदानको शक्ति नै व्‍यर्थ हुनेथियो।