YouVersion लोगो
खोज आइकन

रोमी 9:30-33

रोमी 9:30-33 NCV

अब हामीले के भनौँ त? ती गैरयहूदीहरू, जसले धार्मिकताको खोजी गरेनन्, यसलाई प्राप्‍त गर्न सकेका छन्, जुन धार्मिकता विश्‍वासले मात्र प्राप्‍त गर्न सकिन्छ; तर इस्राएलका मानिसहरू, जसले धार्मिकताको व्यवस्था पालन गरेर पनि यसलाई प्राप्‍त गर्न सकेनन्। किन नसकेको त? किनकि तिनीहरूले यसलाई विश्‍वासद्वारा होइन, तर कर्मद्वारा प्राप्‍त गर्न खोजे। उनीहरू “ठक्‍कर खाने ढुङ्गा” मा ठेस खान पुगे। यस्तो लेखिएको छ: “हेर, मैले सियोनमा यस्तो ढुङ्गो राखेको छु जसले मानिसहरूलाई ठेस खान लगाउँछ, अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, तर जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”

रोमी 9 पढ्नुहोस्