YouVersion लोगो
खोज आइकन

रोमी 9:30-33

रोमी 9:30-33 सरल नेपाली

मैले भन्‍न खोजेको कुरो यही हो। व्यवस्थापालन गर्न खोज्‍दै-नखोजी अन्यजातिका मानिसहरूचाहिँ विश्‍वासद्वारा नै परमेश्‍वरको सामु ठीक ठहरिए। तर इस्राएलीहरूले चाहिँ व्यवस्था पालन गरेर परमेश्‍वरको सामु ठीक ठहरिन धेरै कोसिस गरे तैपनि असफल भए किनभने तिनीहरूले विश्‍वास नगरीकनै धर्म-कर्म मात्र गरेर परमेश्‍वरसँग ठीक ठहरिन खोजेका थिए। यसरी धर्म-कर्म गर्न खोजेर तिनीहरूले ख्रीष्‍टबाट पाउने सित्तैको दानलाई विश्‍वास गर्नैसकेनन्। यसैकारण तिनीहरूका लागि ख्रीष्‍टचाहिँ ठेस लाग्‍ने ढुङ्गाझैँ हुनुभयो। ख्रीष्‍टको बारेमा परमेश्‍वरले भनेझैँ धर्मशास्‍त्रमा पनि यस्‍तै लेखिएको छ– “हेर, म सियोनमा ठेस लाग्‍ने ढुङ्गा र बाधा दिने पहरा राख्‍नेछु र उहाँमा धेरै जना ठेस खाएर लड्‍नेछन्; तर उहाँमा विश्‍वास गर्ने मानिसचाहिँ निराश हुनेछैन,।”

रोमी 9 पढ्नुहोस्