रोमी 9:30-33
रोमी 9:30-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले भन्न खोजेको कुरो यही हो। व्यवस्थापालन गर्न खोज्दै-नखोजी अन्यजातिका मानिसहरूचाहिँ विश्वासद्वारा नै परमेश्वरको सामु ठीक ठहरिए। तर इस्राएलीहरूले चाहिँ व्यवस्था पालन गरेर परमेश्वरको सामु ठीक ठहरिन धेरै कोसिस गरे तैपनि असफल भए किनभने तिनीहरूले विश्वास नगरीकनै धर्म-कर्म मात्र गरेर परमेश्वरसँग ठीक ठहरिन खोजेका थिए। यसरी धर्म-कर्म गर्न खोजेर तिनीहरूले ख्रीष्टबाट पाउने सित्तैको दानलाई विश्वास गर्नैसकेनन्। यसैकारण तिनीहरूका लागि ख्रीष्टचाहिँ ठेस लाग्ने ढुङ्गाझैँ हुनुभयो। ख्रीष्टको बारेमा परमेश्वरले भनेझैँ धर्मशास्त्रमा पनि यस्तै लेखिएको छ– “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गा र बाधा दिने पहरा राख्नेछु र उहाँमा धेरै जना ठेस खाएर लड्नेछन्; तर उहाँमा विश्वास गर्ने मानिसचाहिँ निराश हुनेछैन,।”
रोमी 9:30-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब हामी के भनौं? धार्मिकताको पछि नलाग्ने अन्यजातिहरूले धार्मिकता प्राप्त गरेका छन्, अर्थात् विश्वासद्वारा पाइने धार्मिकता। तर व्यवस्थामाथि आधारित भएको धार्मिकताको पछि लाग्ने त्यस इस्राएलले त्यो व्यवस्था पूरा गर्न सकेन। किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्ठानेर तिनीहरूले विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लड़ेका छन्। जस्तो लेखिएको छ, “हेर, म सियोनमा एउटा ढुङ्गा राख्तछु, जसमा मानिसहरूलाई ठेस लाग्छ, एउटा चट्टान, जसले तिनीहरूलाई लड़ाउँछ, तर उहाँमा भरोसा राख्ने कोही शर्ममा पारिनेछैन।”
रोमी 9:30-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब हामीले के भनौँ त? ती गैरयहूदीहरू, जसले धार्मिकताको खोजी गरेनन्, यसलाई प्राप्त गर्न सकेका छन्, जुन धार्मिकता विश्वासले मात्र प्राप्त गर्न सकिन्छ; तर इस्राएलका मानिसहरू, जसले धार्मिकताको व्यवस्था पालन गरेर पनि यसलाई प्राप्त गर्न सकेनन्। किन नसकेको त? किनकि तिनीहरूले यसलाई विश्वासद्वारा होइन, तर कर्मद्वारा प्राप्त गर्न खोजे। उनीहरू “ठक्कर खाने ढुङ्गा” मा ठेस खान पुगे। यस्तो लेखिएको छ: “हेर, मैले सियोनमा यस्तो ढुङ्गो राखेको छु जसले मानिसहरूलाई ठेस खान लगाउँछ, अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, तर जसले उहाँमाथि विश्वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”
रोमी 9:30-33 पवित्र बाइबल (NERV)
यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए। अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्। किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैंलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुङ्गामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ। त्यस ढुङ्गाको विषयमा धर्मशास्त्र भन्छः “हेर, सियोनमा म एउटा ढुङ्गा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ। यो एउटा चिहान हो जसले मानिसलाई पाप गर्न लाउँछ। तर चट्टानमा कसैले विश्वास गर्दछ भने उसलाई लज्जित पारिने छैन।”