YouVersion लोगो
खोज आइकन

रोमी 8:12-17

रोमी 8:12-17 NCV

यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ। किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्‍ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ। किनकि तिनीहरू, जो परमेश्‍वरका आत्माले डोर्‍याइएका छन्, तिनीहरू परमेश्‍वरका सन्तान हुन्। किनभने तिमीहरूलाई फेरि डरमा डोर्‍याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्‍वरलाई “ अब्बा, पिता” भनी पुकार्दछौँ। परमेश्‍वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्‍वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ। यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।

रोमी 8 पढ्नुहोस्