यसैकारण दाजुभाइहरू, हाम्रो शारीरिक स्वभावले इच्छा गरेझैँ गर्न हामीलाई कर लाग्दैन किनभने तिमीहरूले आफ्नो शारीरिक स्वभावले इच्छा गरेझैँ गर्दछौ भने तिमीहरू मर्नुपर्नेछ। तर यदि पवित्र आत्माको शक्तिले शारीरिक चालचलनलाई नाश गर्छौ भने तिमीहरू बाँच्नेछौ। परमेश्वरको आत्माले देखाएको बाटोमा चल्नेहरू परमेश्वरकै छोरा-छोरी हुन् किनभने हामीलाई कमारो बनाएर फेरि डरमा राख्ने आत्मा होइन तर हामीलाई परमेश्वरका धर्मपुत्र बनाउने पवित्र आत्मा पाएर हामी परमेश्वरलाई बुबा भनेर बोलाउँछौं। पवित्र आत्माले हामीहरू परमेश्वरका छोरा-छोरी हौं भनी हाम्रो आत्मालाई गवाही दिनुहुन्छ। हामी उहाँका छोरा-छोरी हौं भने हकवाला पनि हौं, परमेश्वरको हकवाला अनि ख्रीष्टसँग साझे हकवाला। हामी ख्रीष्टसँग दु:खकष्टमा साझे भयौं भने उहाँसँगै उहाँकै सुख-सम्मान्मा पनि साझेदार हुनेछौं।
रोमी 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 8:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू