YouVersion लोगो
खोज आइकन

रोमी 8:1-11

रोमी 8:1-11 NCV

यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन, किनकि जीवन दिनुहुने परमेश्‍वरको आत्माको व्यवस्थाले ख्रीष्‍ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ। किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्‍वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो कि, हामीमा जो पापमय स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने गर्दछौं। व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्। पापमय स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्‍वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्। किनकि पापमय स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्‍वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो। पापमय स्वभावद्वारा शासन गरिएको मन परमेश्‍वरको विरुद्धमा हुनु हो; त्यो परमेश्‍वरको व्यवस्थाको अधीनतामा हुँदैन, न ता हुन नै सक्छ। पापमय स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्दैनन्। यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा हुन्छौ। यदि कसैसँग ख्रीष्‍टको आत्मा छैन भने तिनीहरू ख्रीष्‍टका हुनै सक्दैनन्। तर यदि तिमीहरूसँग ख्रीष्‍ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको हुन्छ, तर धार्मिकताले गर्दा तिमीहरूको आत्मा जीवित हुन्छ। अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्‍वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रीष्‍टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूमा वास गर्नुहुन्छ।

रोमी 8 पढ्नुहोस्

रोमी 8:1-11 को लागि पद छवि

रोमी 8:1-11 - यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन, किनकि जीवन दिनुहुने परमेश्‍वरको आत्माको व्यवस्थाले ख्रीष्‍ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ। किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्‍वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो कि, हामीमा जो पापमय स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने गर्दछौं। व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।
पापमय स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्‍वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्। किनकि पापमय स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्‍वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो। पापमय स्वभावद्वारा शासन गरिएको मन परमेश्‍वरको विरुद्धमा हुनु हो; त्यो परमेश्‍वरको व्यवस्थाको अधीनतामा हुँदैन, न ता हुन नै सक्छ। पापमय स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्दैनन्।
यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा हुन्छौ। यदि कसैसँग ख्रीष्‍टको आत्मा छैन भने तिनीहरू ख्रीष्‍टका हुनै सक्दैनन्। तर यदि तिमीहरूसँग ख्रीष्‍ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको हुन्छ, तर धार्मिकताले गर्दा तिमीहरूको आत्मा जीवित हुन्छ। अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्‍वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रीष्‍टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूमा वास गर्नुहुन्छ।

रोमी 8:1-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति