परमेश्वरले ख्रीष्टमा भरोसा राख्नेहरूलाई दोषी ठहराउनुहुन्न। व्यवस्थाले मेरो पाप चिनाएर मलाई मृत्युदण्डको दोषी ठहराए तापनि ख्रीष्ट येशूमा भएको नयाँ जीवन दिने आत्माको शक्तिले यसबाट मलाई छुटकारा दिएको छ। मानिसको कमजोर शारीरिक स्वभावले गर्दा व्यवस्था पालन गरेर हुन नसक्ने कुरा परमेश्वर आफैंले गर्नुभयो। परमेश्वरले आफ्नै पुत्रलाई पठाउनुभयो। पुत्रचाहिँ पापी मानिसको जस्तै शारीरिक स्वभाव लिएर जन्म लिनुभयो अनि मानिसको पापको निम्ति उहाँलाई दण्ड दिइयो र उहाँको शरीरद्वारा पापको शक्ति नष्ट गर्नुभयो। यसरी शारीरिक स्वभावअनुसार होइन तर पवित्र आत्माअनुसार चल्नेहरूका लागि व्यवस्थाले चाहेको कुरा पूरा भएको छ। आफ्नो शारीरिक स्वभावको अधीनमा चल्नेहरूले शारीरिक स्वभावका इच्छामा मन लगाउँछन् तर पवित्र आत्माअनुसार चल्नेहरूले भने पवित्र आत्माकै इच्छामा मन लगाउँछन्। शारीरिक स्वभावको इच्छाले मानिसलाई मृत्युमा लैजान्छ। तर पवित्र आत्माको इच्छाले उसलाई नयाँ जीवन र शान्तिमा पुर्याउँछ। शारीरिक स्वभावको अधीनमा चल्ने मानिस परमेश्वरको विरोधी हुन्छ किनभने उसले व्यवस्था पालन गरेको हुँदैन र पालन गर्न पनि सक्दैन। शारीरिक स्वभावको अधीनमा रहनेले परमेश्वरलाई खुसी पार्न सक्दैन। परमेश्वरका आत्मा तिमीहरूसँगै बास गर्नुहुन्छ भने तिमीहरू आफ्नै शारीरिक स्वभावको अधीनमा रहँदैनौ तर पवित्र आत्माकै अधीनमा रहन्छौ। कसैसँग ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टको हुनै सक्दैन। ख्रीष्ट तिमीमा हुनुहुन्छ भने तिम्रो शरीर पापले गर्दा मर्छ तर परमेश्वरको सामु ठीक ठहरिएकोले तिम्रो आत्माचाहिँ जिउँछ। परमेश्वरले ख्रीष्टलाई मरेकोबाट पनि शरीरसँगै फेरि जिउँदो गराउनुभयो। परमेश्वरका आत्मा तिमीहरूभित्र रहनुहुन्छ भने त्यसै गरी तिमीहरूको मर्ने शरीरलाई पनि उहाँले जिउँदो गराउनुहुनेछ।
रोमी 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 8:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू