जे असल छ, त्यही गरें, तर ती मेरो निम्ति मृत्यु भयो र? आवश्य पनि होइन! तैपनि पापचाहिँ पापको रूपमा चिनियोस् भनेर, जे असल छ, त्यसद्वारा ममा मृत्यु उत्पन्न गर्यो, ताकि आज्ञाद्वारा पाप अझ पूर्ण रूपले पाप बन्न सकोस्। हामीलाई थाहा छ कि, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु। म के गर्दछु, सो म बुझ्दिनँ। किनकि जे म गर्न चाहन्छु त्यो म गर्दिनँ, तर म जे घृणा गर्दछु, त्यही गर्दछु। अनि यदि म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ। किनकि म जान्दछु ममा केही असल कुराको वास छैन अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ। किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्नँ, त्यही म गरिरहन्छु। अब म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो, जसले त्यो गर्दछ। यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्टता मेरो छेउमा मसँगै हुन्छ। किनकि मेरो भित्री हृदयमा परमेश्वरको व्यवस्थामा म खुशी हुन्छु। तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ। हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने? परमेश्वरलाई धन्यवाद होस्। हाम्रा प्रभु येशू ख्रीष्टले मलाई स्वतन्त्र गराउनुहुन्छ! यसकारण म स्वयम् मेरो मनमा परमेश्वरको व्यवस्थाको सेवक हुँ, तर मेरो पापमय स्वभावमा पापको व्यवस्थाको सेवक हुँ।
रोमी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 7:13-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू