त के जो असल छ, त्यसले मेरो निम्ति मृत्यु ल्यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस् भनेर असल कुराद्वारा पापले ममा मृत्यु उत्पन्न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्पूर्ण रूपले पापमय बनोस्। किनकि हामी जान्दछौं कि व्यवस्था आत्मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु। म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु। गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले अब त्यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो। किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ। किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु। अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो। यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु। किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ। हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला? येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा नै— परमेश्वरलाई धन्यवाद होस्। त्यसैले म स्वयम् आफ्नो मनले त परमेश्वरका व्यवस्थाको सेवा गर्दछु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापका व्यवस्थाको सेवा गर्दछु।
रोमी 7 पढ्नुहोस्
सुन्नुहोस् रोमी 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 7:13-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू