यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ। किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्। किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ। अहिले यदि हामी ख्रीष्टसँग मरेका छौँ भने हामी विश्वास गर्छौँ कि, उहाँसँगै जिउने पनि छौँ। किनकि हामी जान्दछौँ, ख्रीष्ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन। जुन मृत्युमा उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापका लागि एकै पटकका लागि मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्वरका निम्ति जिउनुहुन्छ। यसरी नै तिमीहरूले पनि आफूलाई पापका निम्ति मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरका निम्ति जीवित भएका ठान्नुपर्छ।
रोमी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 6:5-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू