किनभने उहाँको मृत्युमा हामी एक भयौं भने उहाँसँगै मरेकोबाट बिउँतिदा पनि एक हुनेछौं। हामीलाई यो थाहा छ, पापले राज्य गरेको जीवन नाश होस् र हामी पापको कैदी भइरहनुनपरोस् भनेर हाम्रो पुरानो जीवन ख्रीष्टसँगै क्रूसमा मारिएको छ किनभने मरिसकेको मानिस पापको कैदबाट छुटेको हुन्छ। ख्रीष्टसँगै मर्यौं भने उहाँसँगै बाँच्ने पनि छौं भनेर हामी विश्वास गर्दछौं किनभने हामीलाई थाहा छ, ख्रीष्ट मरेर पनि फेरि बिउँतनुभएको छ। अब उहाँ कहिल्यै मर्नुहुनेछैन, उहाँमाथि मृत्युको कुनै शक्ति चल्दैन। पापको लेखि ख्रीष्ट एक पल्ट मर्नुभएकोले उहाँमाथि पापको पनि कुनै शक्ति चल्दैन अनि परमेश्वरको निम्ति उहाँ सधैँभरि बाँच्नुहुन्छ। त्यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्वरको लागि ख्रीष्ट येशूसँगै बाँचेको सम्झिनुपर्छ।
रोमी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 6:5-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू